जनस्वास्थयविद् भन्छन : ‘हतार गरी लकडाउन खोल्नु गलत’

डिसी नेपाल
७ साउन २०७७ १२:५८

काठमाडौं। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गतेदेखि गरेको लकडाउन मंगलबार राति १२ बजेबाट हटाएको छ। नेपालमा कोरोना संक्रमितको दर घटेको भन्दै मंगलबार रातिदेखि लागुहुने गरी लकडाउन अन्त्य भएको घोषणा गरिएको हो।

सरकारले गरेको लकडाउन फिर्ता लिने निर्णय अपरिपक्क भएको स्वास्थ्यविदले बताएका छन्। जनस्वास्थ्यविद् डा. रविन्द्र समिरले कोरोना संक्रमणको व्यापक परीक्षण बिना नै लकडाउन हटाउनु अपरिपक्क निर्णय भएको बताएका छन्।

उनले समुदायमा कोरोना संक्रमित व्यापक हुनसक्ने भन्दै सरकारले गरेको निर्णयले जनस्वास्थ्यमा संकट आउनसक्ने बताए । उनले भने, ‘कोरोना संक्रमितको व्यापक परीक्षण गरेर वास्तविक परिणाम प्राप्त गरेर मात्रै लकडाउन खुलेको घोषणा गरिनु पथ्र्यो। अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतार युक्त र अपरिपक्क छ।’

‘यदि व्यापक निगरानी र सतर्कता अपनाउन छोड्ने हो भने जनस्वास्थ्यमा ठूलो संकट आइपर्ने छ,’ उनले भने, ‘छिमेकी मुलुक भारतमा गएको तीन दिनमा मात्रै एक लाख भन्दा बढी संक्रमित भेटिएका छन्। खुल्ला सिमाना जोडिएको भारतमा दैनीक ६/७ सय जनाको मृत्यु हुँदै गर्दा नेपालमा लकडाउनको अन्त्य हुनु निकै जोखिमयुक्त रहेको छ।’

नेपाल–भारत खुल्ला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै गर्दा नेपालमा लकडाउन खोलिनु जोखिम युक्त एको उनको भनाइ छ।
उनले भने, ‘नेपालसँग सिमाना जोडिएको भारतको बिहार राज्यको अवस्था झन भयावह देखिएको छ। सिमानामा दैनिक बढी भन्दा बढी कोरोना संक्रमित देखिन थालेको समयमा लकडाउन खोल्नु जोखिम युक्त हुने छ।’

देशका ७७ वटा जिल्लामा नै कोरोना संक्रमित देखिएको छ। काठमाडौं लगाएतका अन्य भिडभाड बढी हुने सहरी क्षेत्रमा पनि कोरोना संक्रमित भेटिएका छन्। महामारीको घडीमा व्यापक परीक्षण हुनु पर्नेमा परीक्षण दायरा साघुरो भएको डाक्टर समीर बताउँछ्न। ‘देशका ७७ वटै जिल्लामा कोरिना संक्रमित देखिएका छ्न।’ उनले भने, ‘परीक्षण व्यापक हुनुपर्नेमा निकै साघुरो भएको छ।’

परीक्षण चरमबद्ध रुपमा गरिनु पर्ने र लकडाउनको व्यवस्थापन गर्नुपर्ने भन्दै सरकारले विज्ञसँग प्रयाप्त छलफल गरी लकडाउन यथावत राख्नु पर्ने उनले बताए। ‘परीक्षण गर्दै चरमबद्ध रुपमा लकडाउन व्यवस्थापन गर्नु पर्नेमा हतार गरेर लकडाउन खोलिनु गलत हो।’ उनी भन्छ्न ‘विज्ञहरु सँग प्रयाप्त छलफल नगरी लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलने डर विद्यमान छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *