‘चुनाव जित्नकै लागि ट्रम्पले असुरक्षित कोरोना भ्याक्सिनलाई पनि अनुमति दिन सक्छन्’

डिसी नेपाल
१९ साउन २०७७ १३:१४

काठमाडौं। अमेरिकामा कोरोनाभाइरस विरुद्धको भ्याक्सिन विकास गर्ने क्रममा राजनैतिक हस्तक्षेप र चुनावले निकै ठूलो खतरा उत्पन्न गराउन सक्नेप्रति वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले अमेरिकामा भ्याक्सिन विकासको काम भइरहेको छ र अमेरिकाले छिटो भ्याक्सिन बनाउन अपरेशन वार्प स्पिड चलाइरहेको छ । प्रभावकारी र सुरक्षित भ्याक्सिन विकास गर्नको लागि यो अपरेशन चलाइएको भए पनि निर्वाचनले यसलाई नकारात्मक प्रभाव पार्न सक्ने विज्ञहरुको चिन्ता छ ।

अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ । विज्ञहरुले चुनावको ठिम अगाडि चुनावलाई प्रभावित पार्ने नियतले कुनै पनि असुरक्षित भ्याक्सिनलाई समेत अनुमति दिन सक्ने खतरा औंल्याएका छन् । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार अपरेशन वार्प स्पिडका केही विज्ञहरुले अक्टोबरसम्म कोरोना भ्याक्सिन विकास गर्नको लागि दबाब महसुस गरिरहेका छन् । रिपोर्टका अनुसार सरकारसँग काम गरिरहेका अनुसन्धानकर्ताहरुलाई आउँदा महिनामा सरकारले भ्याक्सिन विकास गर्ने काममा हस्तक्षेप गर्न सक्ने डर छ ।

भ्याक्सिन सफल बनाउने काममा तीब्रता ल्याउने र सुरक्षाका नियमहरुको पूर्ण रुपमा पालना गर्नेबीच सन्तुलन स्थापित गर्न वैज्ञानिकहरु संघर्ष गरिरहेका छन् किनकि भ्याक्सिन छिटो विकास गर्ने नाममा हतार गर्दा भ्याक्सिन सुरक्षित नहुने खतरा हुन्छ । रिपोर्टका अनुसार राजनीतिक सरगर्मी नभएको अवस्थामा समेत भ्याक्सिनको ट्रायलमा तीब्रता ल्याउने र भ्याक्सिनलाई अनुमति दिनेबीच निकै विवाद हुन सक्छ किनकि कुनै भ्याक्स्निको टेस्ट जति लामो समय चल्छ त्यति नै त्यो भ्याक्सिन सुरक्षित र प्रभावकारी हुने सम्भावना बढी हुन्छ ।

अमेरिकासहित विश्वभर कोरोनाका कारण दैनिक सयौंको मृत्यु भइरहेको छ । अमेरिकामा मृत्युदर निकै उच्च भएकोले यहाँ छिटो भ्याक्सिन बजारमा ल्याउन दबाब छ । अमेरिकाले आधिकारिक रुपमा ट्रायल पूरा गर्न अक्टोबरसम्मको समयसीमा तय गरेको थियो र विशेषज्ञहरुले सुरक्षाका विभिन्न पक्षहरु पनि हेर्नुपर्ने भएकोले यो वर्षको अन्त्य (डिसेम्बर) सम्ममा भ्याक्सिनको ट्रायल पूरा हुने बताएका थिए । तर सरकारसँग सम्बन्धित विशेषज्ञहरुले भने यसका ह्वाइट हाउसले हस्तक्षेप गर्न सक्ने आशंका गरेका छन् ।

अधिकारीहरुका अनुसार ह्वाइट हाउसले नोभेम्बरमा हुने निर्वाचनभन्दा पहिल्यै अपर्याप्त तथ्यांककै भरमा भ्याक्सिनलाई आपतकालीन अनुमति दिन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनमाथि दबाब बनाउन सक्छ । एफडीएको भ्याक्स्नि एडभाइजरी कमिटीका सदस्य डा. पल ए अफिटले भ्याक्नि विकास प्रक्रियामा सहभागी कैयौं अपर्याप्त तथ्यांककै भरमा भ्याक्सिन स्वीकृत हुन सक्ने त्रासमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *