कोरोनाभाइरस संक्रमितहरु नै बन्नेछन् महामारी समाप्त गर्ने मुख्य कारक !

डिसी नेपाल
२७ साउन २०७७ १२:४६

काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित भएका र निकै हल्का लक्षण देखिएका वा लक्षण नै नदेखिएकाहरु कोरोनाभाइरस महामारी अन्त्य गर्ने मुख्य कारण बन्नेछन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले गरेको एक अध्ययनमा यस्तो खुलासा भएको हो । अध्ययनमा ४० प्रतिशत बिरामीहरु कुनै लक्षण नभएका वा हल्का मात्र लक्षण भएकाहरु पाइका छन् । वाशिङटन पोस्टका अनुसार कैयौं भाइरोलोजिस्टहरुले यो प्रवृत्तिलाई कोरोनाभाइरस महामारी अन्त्य हुने दिशातर्फको शुभसंकेत मानेका छन् ।

सन फ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्नियामा संक्रामक रोगकी विशेषज्ञ र शोधकर्ता डा. मोनिका गान्धीले बिना लक्षणका संक्रमितको दर अधिक हुनुलाई व्यक्ति र समाजको लागि शुभ संकेत मान्छिन् । विशेषज्ञहरुले यही प्रवृत्तिलाई महामारी अन्त्यको कारण बन्ने मानिरहेका छन् । ७ महिनादेखि संकट बनेको यो भाइरसको बारेमा अहिलेसम्म आइपुग्दा धेरै जानकारी जुटिसकेका छन् । शोधमा यसका कैयौं प्याटर्न र संकेत देखिएका छन् । विश्वका फरक फरक क्षेत्रमा संक्रमणको दर पनि फरक छ । बालबालिकाहरुका निकै हल्का असर देखिएको छ र हल्का लक्षण भएका र लक्षण नै नभएकाहरुको संख्या उच्च छ ।

हालैका अध्ययनमा मेमोरी टी सेल्सका कारण विश्वको एक वर्ग यो भाइरसबाट आंशिक रुपमा सुरक्षित भइसकेको पनि खुलासा भएको छ । टी सेल्स रोग प्रतिरोधी प्रणालीको एक हिस्सा हो जसले शरीरलाई संक्रमणसँग लड्न प्रशिक्षित गर्छ । रोगसँग लड्ने एन्टिबडीहरु दुईदेखि ३ महिनामा नष्ट भएर जान्छन् तर टी सेल्सले संक्रमणलाई लामो समयसम्म पहिचान गरेर शरीरलाई रोगसँग लड्न प्रशिक्षित गर्न सक्छन् । अध्ययनले केही वर्ष पहिले निमोनियाको खोप लगाएकाहरुमा संक्रमणको खतरा २८ प्रतिशत कम हुने र पोलियो भ्याक्सिन लगाएकाहरुमा यो खतरा ४३ प्रतिशत कम हुने पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *