उपत्यकामा करीब २ हजार ७४६ संक्रमित, ९ हजार ८२० जनाको कन्ट्याक ट्रेसिङ

डिसी नेपाल
९ भदौ २०७७ १०:१०

काठमाडौं। काठमाडौं उपत्यकाभित्र भदौ ६ गतेसम्ममा २ हजार ७४६ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये काठमाडौं जिल्लामा २ हजार १८७ जना, ललितपुर जिल्लामा ३०८ जना र भक्तपुर जिल्लामा २५१ जनामा संक्रमण देखिएको हो। यसरी संक्रमण देखिएका मध्ये ३०.७ प्रतिशत व्यक्तिहरुले यात्रा गरेका थिए भने ५१.४ प्रतिशतले यात्रा गरेका थिएनन्। १७.८ प्रतिशत बिरामीले यात्रा गरेका थिए कि थिएनन् भन्ने यकिन छैन।

संक्रमित मध्ये काठमाडौं जिल्लामा ७ हजार ४१२ जना, ललितपुरमा १ हजार २५३ जना र भक्तपुरमा ६५५ गरी ९ हजार ८२० जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ। भदौ ६ गतेसम्मको यो तथ्याङ्क अनुसार सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा १ हजार ६०६ जना र दोस्रोमा ललितपुर महानगरमा १८५ सक्रिय केस छन्।

मध्यपुर थिमीमा १०५, चन्द्रागिरिमा ६२, सूर्यबिनायकमा ७३, कीर्तिपुरमा २६, बुढानिलकण्ठमा १२५, शंखरापुरमा १७, गोदावरीमा ३९, गोकर्णेश्वरमा ४२ जना सक्रिय केस छन्।

बैठकमा जानकारी दिँदै महालक्ष्मीमा ८४, कागेश्वरी मनोहरामा ९६, दक्षिणकाली १०, नागार्जुनमा ४०, तारकेश्वरमा ५४, टोखामा १०९, चाँगुनारायणमा २२ स्थानीय र २० जना सुरक्षाकर्मी, भक्तपुरमा ३१ जना भाइरसबाट संक्रमण बिरामी छन्। यीमध्ये कति बिरामी निको भएर फर्किए भन्ने तथ्याङ्क अद्यावधिक हुन बाँकी छ।

अहिलेसम्म प्राप्त बिरामीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भेटेका उपत्यकाका करीब २८ हजार ५ सय व्यक्तिलाई पोलिमेयर चेन रियाक्सन (पिसिआर) परीक्षण गर्ने उपत्यका नगरपालिका फोरमले निर्णय गरेको छ।

संक्रमित बिरामी, शंकास्पद र सम्भावित व्यक्तिहरुको पहिचान, बिरामीको सम्पर्कमा आएकाको पहिचान, अवस्थाका बारेमा परामर्श गर्नु, संक्रमित र समुदायको सम्बन्ध टुटाउनु नै महामारी नियन्त्रणको एक मात्र बिधि भएकोले कन्ट्याक ट्रेसिङबाट उपलब्धी हासील गर्न सकिनेमा स्थानीय तह आशावादी देखिन्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *