भारतमा ५० किलो चाँदी चोर्ने नेपालीहरुको ग्याङ नै पक्राउ ! पहिले पनि पक्राउ परेका थिए

डिसी नेपाल
१० भदौ २०७७ ९:३०

काठमाडौं। भारतमा ५० किलो चाँदी चोर्ने चोरहरुको ग्याङ नै पक्राउ परेको छ । ६ जना सदस्य रहेको ग्याङमा ४ जना नेपाली रहेको बैंगलोर मिररले जनाएको छ । बैंगलोरको ह्वाइटफिल्डमा रहेको एक गहना पसलबाट ५० किलो चाँदी चोरेको अभियोगमा उनीहरुलाई सेन्ट्रल क्राइम ब्रान्चले पक्राउ गरेको हो । पुलिसले अभियुक्तबाट २४ किलो चाँदी र ३६० ग्राम सुन पनि बरामद गरेको छ जसको मूल्य ३० लाख रहेको बताइएको छ ।

अभियुक्तहरु कमल भनिने अमर सिंह, गणेशबहादुर शाही, कृष्णराज जैसी, चरण सिंह, सलिम पासा र शाहिद नामका रहेको बताइएको छ । अभियुक्तहरुले अगष्ट ८ मा पसल फुटाएको र सुन राखिएको सेफ फुटाउने असफल प्रयास गरेको बताइएको छ । पुलिसका अनुसार यो ग्याङ वर्षौंदेखि सक्रिय थियो र शहरका विभिन्न भागमा घुमिरहन्थ्यो ।

मुख्य अभियुक्त ४ जना नेपालीहरु शहरका विभिन्न भागमा सुरक्षा गार्ड र दैनिक ज्यालादारी काम गर्ने भएको बताइएको छ । अन्य २ जना त्यही सहरका हुन् । पुलिसका अनुसार ती ४ जना नेपाली यसअघि पनि घर चोरीको अभियोगमा मुम्बइ पुलिसद्वारा पक्राउ परेका थिए भने अन्य २ जना डकैतीको अभियोगमा बैंगलोरमै पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *