अक्सफोर्डको रिपोर्ट गलत भएको नेपाली विज्ञको दावी

डिसी नेपाल
१३ भदौ २०७७ १२:२३

काठमाडौं। गत मे महिनमा अक्सोफोर्ड विश्वविद्यालयले नेपालमा कोरोनाको संक्रमणका विषयलाई लिएर एक रिपोर्ट निकाल्यो। रिपोर्टमा २०२०को डिसेम्बर महिनासम्म नेपालमा करिव ४९ हजार २ सयले कोरोनाका कारण ज्यान गुमाउने अनुमान गरिएको छ।

यूके एड्, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट, अक्सफोर्ड विश्वविद्यालय लगायतका अन्तराष्ट्रिय संस्थाले गरेको अध्ययनको रिपोर्ट बाहिरिएपछि नेपाली विज्ञले रिपोर्ट गलत भएको दावी गरेका छन्।

जनस्वास्थ्य विद् डा. रविन्द्र समिरले भने अक्सफोर्डले सार्वजनिक गरकोे रिपोर्ट गलत भएको बताएका छन्। उनले डिसी नेपालसँग कुरा गर्दै अक्सोफोर्डको रिपोर्टले त्रसित बनाएको बताए।

उनले भने, ‘संकटका बेला सबैले सकारात्मक कुरा गर्नु पर्छ। भएको कुरा बोल्नु पर्छ। अक्सफोर्ड जस्तो विश्वविद्यालयले तथ्याङ्क तयार गर्दा डर देखाउने खालको गर्नु हुँदैन्।’

अक्सोफोर्डले तयार गरेको रिपोर्टमा गत जुनदेखि सेप्टेम्बरसम्म नेपालमा दैनिक ७५ हजारका दरले संक्रमित थपिएने बताएको थियो। उनले भने, ‘भन्न त परीक्षण त्यो अनुसारको भएको भए देखिन्थ्यो होला भन्ने तर्क पनि आउला। तर, संक्रमित परीक्ष पो गर्न नसकेको होला त। पोजेटिभ हुन थालेको भए सिरियस केस र मृत्यु हुने कुरालाई त रोक्न सकिन्थेन होला। त्यसैले पनि अक्सफोर्डले दिएको रिपोर्ट मैले गलत हो भनुको हुँ।’

यो वर्षको पुस (२०२० को डिसेम्बर)सम्म अक्सफोर्डको रिपोर्ट अनुसार ४९ हजार बढीको कोरानाका कारण मृत्यु हुने भन्ने अनुमान गरेको छ। तर, नेपालको हालसम्मको मृत्युदर हेर्दा डिसेम्बरसम्म उसको अनुमान गरेको मृत्यु हुनेको संख्या पुग्दैन।

उक्त रिपोर्टमा अध्ययनमा ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ । न्यून अवरोध रणनीतिमा लकडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको छ ।

यसो गर्दा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट संक्रमित हुने र ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ । यद्यपि शोधपत्र लेख्ने समयमा यो समयअवधि तोकिएको भए पनि नेपाल सरकारले थप २ हप्ता पूर्ण कडाइ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *