दक्षिण अफ्रिका क्रिकेट बोर्ड निलम्बन

डिसी नेपाल
२६ भदौ २०७७ १०:४७

काठमाडौं । दक्षिण अफ्रिकी सरकारले दक्षिण अफ्रिका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । बोर्डमा भएको आन्तरिक कलहका कारण दक्षिण अफ्रिकी सरकारले यो निर्णय लिएको हो । यो संगै दक्षिण अफ्रिका क्रिकेट अब त्याहाको सरकारको अधिनमा आएको छ । दक्षिण अफ्रिका ओलम्पिक कमिटीले त्याहाको क्रिकेट बोर्डलाई आफ्नो अधिनमा लिएको छ ।

लामो समय देखी आन्तरिक बिबादमा क्रिकेट बोर्ड फसेपछि बिहिवार अफ्रिकी सरकारले यो निर्णय लिएको हो । यो निर्णय संगै सरकारले दक्षिण अफ्रिका क्रिकेट बोर्डले अब सरकारको अधिनमा रहेर काम गर्ने जनाएको छ । मिडिया रिर्पोटका अनुसार दक्षिण अफ्रिका खेलकुद संघ र दक्षिण अफ्रिका ओलम्पिक कमिटीले सीएसएलाई पत्र लेख्दै यो कुराको जानकारी गराएको छ । पत्रमा सीएसए बोर्डका बरिष्ठ अधिकारीहरुलाई बोर्डको प्रशासनिक कामबाट अलग हुन भनिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको नियम अनुसार अब दक्षिण अफ्रिका क्रिकेट खारेजको संघारमा रहेको छ । आईसीसीको नियम अनुसार कुनैपनि देशको क्रिकेट संघ वा वोर्डमा त्याहाका सरकारले हस्तक्षेप गरेमा आईसीसीले उक्त संघ वा वोर्डलाई प्रतिबन्ध लगाउने नियम रहेको छ । अब आईसीसीले अन्तराष्ट्रिय खेल खेल्न पनि दक्षिण अफ्रिका क्रिकेटलाई प्रतिबन्ध लगाउन सक्छ । यसअघि आईसीसीले सरकारी हस्तक्षेपका कारण जिम्बाबे क्रिकेटलाई अन्तराष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । सरकारी हस्तक्षेपका कारण नेपाल क्रिकेट संघ पनि केही बर्षअघि निलम्बन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *