कोरोना संक्रमणमा के के खाने र किन ?

यी नेपाली खाना उपयुक्त छन्

मानव शरीरमा बाह्य कुनै पनि रोगबाट बचाउन प्रतिरक्षा प्रणालीले काम गरेको हुन्छ। यसबारे कुरा गर्दा हामी शरीरमा हुने कोशिकाहरू, रसायनहरू र जीवाणुहरू बीच सहकार्यको वातावरण पैदा गरी एक सामन्जस्यता पैदा गर्न सहयोग पुर्याउने कुरा गरिरहेका हुन्छौं।

चौबिस घण्टा सचेत र सक्रिय रहेर शरीरको रक्षा गर्ने जिम्मा बोकेको प्रतिरक्षा प्रणालीले शरीरलाई सहयोगी हुने र नहुने पदार्थहरू बीच भिन्नता छुट्टाउने, दैनिक शरीर सञ्चालनका क्रममा पैदा भएको र बाहिरबाट भित्रिएको हानिकारक चीज तथा क्षतिग्रस्त, थकित र मरेका शरीरका कोशिकाहरू शरीर बाहिर हटाउने कामसमेत गर्ने गर्छ।

जब मानिसको प्रतिरक्षा प्रणालीले सन्तुलितरूपमा काम गर्नसक्छ, तब मानिस प्रतिरक्षा प्रणालीको पूर्ण क्षमताको हदसम्म ब्याक्टेरिया, भाइरसलगायतका कीटाणुहरूबाट सुरक्षित रहन्छ। हाम्रा भान्साका मरमसला, घरेलु खाना र उपचारका आयुर्वेदिक पद्धति र हिँडडुल गर्ने, भौतिक काम गर्ने, योगा र ध्यान गर्ने सक्रिय जीवन शैलीले हामीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराएको सन्दर्भ हाम्रो लागि सुखद खबर हो।

तर पनि कोभिड–१९ जस्ता रोगका भाइरसको महामारीले निम्ताउने संक्रमणमा सानो संख्याका मानिसहरूको प्रतिरक्षा प्रणालीको क्षमताको हद उक्त भाइरससँग भिड्न सक्नेभन्दा कमजोर परिदिँदा मृत्युसमेत हुने गर्छ।

९० प्रतिशत कोभिड–१९ संक्रमितहरूका लागि कोरोना रोग सामान्य रुघा लाग्ने र ज्वरो आउने रोग हो। उनीहरूलाई शरीरका अंग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन पनि सक्छन्, नहुन पनि सक्छ।

मानिसको शरीरमा ज्वरो आउनु वा असहजता महसुस हुनु उसमा प्रतिरक्षा प्रणाली सक्रिय हुनुको लक्षण हो। त्यतिबेला शरीरको प्रतिरक्षा प्रणालीले साइटोकाइन नामक प्रोटिन परिचालन गर्दै संक्रमणसँग संघर्ष गरिरहेको हुन्छ। कोभिड–१९ को भाइरस पनि शरीर बाहिरको तत्व हो र यससँग भिड्ने काम पनि हाम्रो शरीरभित्रको प्रतिरक्षा प्रणालीले नै गरेको हुन्छ।

वैज्ञानिकरूपमा हेर्दा त्यो गुण हाम्रा भान्छामै पाइने बेसार, अदुवा, अश्वगन्धा, तुलसी, टिम्मुर, मरीच, पिप्पली, दालचिनी, अमला, कागती, जिरा, लसुन, मह, अलैची, सुकमेल, ल्वांग, खुर्सानीआदि वाट प्राप्त गर्न सकिन्छ । हाम्रा रैथाने आयुर्वेदिक ओखतीहरूमा त्यो क्षमता रहेको भेटिएको छ। उचित खाना, आयुर्वेदिक सप्लिमेन्ट र योग पद्दतिमार्फत मानसिक तनाव हटाउने प्रक्रियाबाट कोरोना संक्रमितलाई कोरोना मुक्त गराउन हाम्रा आयुर्वेदिक चिकित्सकहरू सफल बनेका छन्।

जब प्रतिरक्षा प्रणाली पुरै सक्रिय हुन थाल्छ तब शरीरमा अधिक पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने गर्छ। संक्रमण सुक्खा खोकी लाग्ने हदमा पुग्दा भाइरसहरू शरीरको कोषहरूमा फैलिइसकेका हुन्छन्। कसै कसैमा खकार आउने पनि हुन थाल्छ । यस्ता लक्षणहरूमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाई पर्याप्त झोल कुराहरू र पारासिटामोल खान दिइन्छ। यो अस्पताल गएर उपचार गराउन आवश्यक पर्ने अबस्था हैन।

प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूमा लगभग एक हप्तासम्म यस्तै लक्षणहरू देखिने र शरीरले आफ्नो उपचार आफै गर्छ र उनीहरु निको हुन पुग्छन। शरीरको प्रतिरक्षा प्रणाली कमजोर रहेका केही सीमित बिरामीको हकमा भने कोभिड–१९ भाइरसको संक्रमणले अलिक गम्भीर प्रकृतिको समस्या उत्पन्न गराइदिन सक्छ।

कोभिड–१९ भाइरसको सङ्क्रमणले दिने प्रभाव धेरै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियताका कारण शरीर भर फैलिन जाने रसायनका कारण शरीरमा झन् धेरै जलन हुन सक्छ। जसको सावधानीपूर्वक सन्तुलन मिलाउन नसक्दा जलन झन् धेरै हुन पुग्दा शरीरका अन्य भागमा समेत गम्भीर क्षति पुग्न सक्छ। शरीरमा धेरै जलन हुँदै गर्दा शरीरभित्र के भइरहेको छ भन्नेसम्म थाहा नहुने गरेको, कतिपय मानिसले खानको स्वाद नै थाहा नपाउने बनेकोसमेत भेटिएको छ।

फोक्सोमा हुने जलनमा जलन कम गर्ने क्रममा एलभीओलाई अथवा रगतसँग अक्सिजन मिसिने र रगतमा भएको कार्बनडाईअक्साईड बाहिर जाने सासाना नसायुक्त कोठाहरू पानीले भरिन थाल्छन्। श्वासप्रश्वास अवरुद्ध हुने र सास फेर्न कठिन हुने अवस्था निम्तने गर्छ। सम्पूर्ण अवस्थाको बिरामीहरूमा देखिने साझा समस्यामा संक्रमणका बेला रगतमा स्वतः बढ्न जाने अम्लीयपनका कारण रगतमा अक्सिजन घुल्ने क्षमता घट्नुका कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनिदिने स्थिति पैदा हुनु रहेको छ।

कोभिड–१९ जस्तो भाइरसका लागि रोगसँग लड्ने क्षमतालाई सन्तुलन गर्नु जरुरी हुन्छ। त्यो भनेको आफ्नो खानपानबाट शरीरलाई क्षारीय बनाउने र रगतमा अक्सिजन घुल्ने वातावरण पैदा गरी एकातर्फ शरीरको प्रतिरक्षा प्रणाली सक्रिय पार्ने र अर्कोतर्फ प्रतिरक्षा प्रणाली सक्रिय रहेको बेला उत्पन्न हुने जलनको न्यूनीकरण गर्न सहयोग गर्ने बस्तुहरूको आपूर्ति गर्ने काम गर्नुपर्छ। यसो गर्दा शरीरभित्र रहेको नियमितरूपमा आफ्नो रोग आफैले निको पार्ने पद्दतिलाई सजिलो हुन्छ।

वैज्ञानिकरूपमा हेर्दा त्यो गुण हाम्रा भान्छामै पाइने बेसार, अदुवा, अश्वगन्धा, तुलसी, टिम्मुर, मरीच, पिप्पली, दालचिनी, अमला, कागती, जिरा, लसुन, मह, अलैची, सुकमेल, ल्वांग, खुर्सानीआदि वाट प्राप्त गर्न सकिन्छ । हाम्रा रैथाने आयुर्वेदिक ओखतीहरूमा त्यो क्षमता रहेको भेटिएको छ। उचित खाना, आयुर्वेदिक सप्लिमेन्ट र योग पद्दतिमार्फत मानसिक तनाव हटाउने प्रक्रियाबाट कोरोना संक्रमितलाई कोरोना मुक्त गराउन हाम्रा आयुर्वेदिक चिकित्सकहरू सफल बनेका छन्।

आयुर्वेदिक पद्धतिको प्रभावमा विकास भएको हाम्रो परम्परागत खानामा किन जंगली वा मार्सी चामल पहिलो, बासमती चामल र ढिकीमा कुटेको ब्राउन राइस दोस्रो, खीर तेस्रो र चामल चौथो र गहुँ तथा पास्ता अन्तिम छनौटमा परे त्यसको उत्तर पनि यहाँ भेटिन्छ।

सामान्यतया ८० प्रतिशत केसमा सबै प्रकारका भाइरसको संक्रमण हाम्रो शरीरले आफै निको बनाउँदछ। आयुर्वेदको उपचार पद्दति शरीरमा भाइरसको संक्रमण हुँदा समेत स्व–हिलिङ पद्दति सहजीकरणमा उत्कृष्ट भेटिएको छ। सामान्य बिमारीदेखि गर्भवती महिला, डायलाईसिस गरेका, प्रेसर, सुगरसँगै कोरोना संक्रमण भएका हरुको कोभिड–१९ जस्तो भाइरसको उपचारमा समेत यो पद्दति अन्यभन्दा अब्बल भएको अनुभव संक्रमितहरुको छ ।

गुर्जो, बोझो, असुरो, सुठोलगायतका प्राकृतिकरूपमा आउने आयुर्वेदिक जडीबुटीको सेवन, अश्वगन्धा, गुडुची यष्ठीमधु र त्रिकुटु (सुठो, मरिच, पिप्ला), पाति, चिराइतो, करेलो आदिको चिया कम्युनिटी पावर सन्तुलन गर्न उपयुक्त भेटिएको छ । त्यसैले त विश्वभर अलोपेथिक उपाय अपनाउनेहरुले रोग निको गराउन कम्तीमा १२ दिन लगाउने गरेका रेकर्डहरू आयुर्वेद चिकित्सामा सात दिनमा सीमित गर्न सकेको अनुभव आयुर्वेदकर्मीहरूको छ।

र, रोग लाग्नबाट बच्न भेट हुँदा अँगालो मार्नुको सट्टा नमस्कार गर्ने, मुखमा मास्क लाएर नजिकै बसी कुराकानी गर्नुभन्दा अर्को व्यक्तिको चार हात बित्ता टाढै रहेर जरुरी कुराकानी सम्पन्न गर्ने हाम्रो परम्पराले इंकित गरेको उपाय कोभिड–१९ को संक्रमण हुनवाट बच्न अति उत्तम उपाय रहेको प्रमाणित भएको छ।

वैज्ञानिकरूपमा हाम्रै भान्सामा नियमित उपलब्ध हुने मरमसला, फलफूल र सिदनहरुको कस्तो मेटाबोलिक क्षारीय पिएच अथवा स्व–हिलिङ क्षमता दिन सक्ने खुबी राख्छ भन्ने कुराले तिनीहरूको औषधीय मूल्य प्रस्ट पार्छ। हाम्रा यी रैथाने खाना कसरी फगत खानामात्र नरहेर औषधीय मूल्यका जडीबुटी हुन् भन्ने प्रश्नको उत्तरसमेत चित्रमा उल्लेख गरिएका डाटाले दिन्छ। यही डाटा किन हाम्रो आयुर्वेदिक चिकित्सा पद्दति हिजो पनि उत्कृष्ट थियो र अबको नयाँ पुस्ताको समेत सबैभन्दा रोजिएको विषय बन्ने छ भन्ने अवस्था इङ्गित गर्न पर्याप्त छ।

आयुर्वेदिक पद्धतिको प्रभावमा विकास भएको हाम्रो परम्परागत खानामा किन जंगली वा मार्सी चामल पहिलो, बासमती चामल र ढिकीमा कुटेको ब्राउन राइस दोस्रो, खीर तेस्रो र चामल चौथो र गहुँ तथा पास्ता अन्तिम छनौटमा परे त्यसको उत्तर पनि यहाँ भेटिन्छ।

दूध, माछा र अण्डा निकै उत्कृष्ट र मानिने राम्रो खानको आधारबारे यसले प्रस्ट उत्तर हामीलाई दिन्छ। त्यस्तै हाम्रो परम्परागत छनौटमा किन पहिले खसीको मासु अनि कुखुरा खाने चलन बस्यो त्यो पनि यहाँ बाट केही उत्तर मिल्छ।

मासु आफैं अम्लीय रहेको अवस्थामा किन पश्चिमाहरुको जस्तो बोईल वा रोस्ट होइन मसलेदार तन्दुरी वा खसी वा कुखुराको मासु रोजियो त्यसको जवाफ यहाँ छ। मासु, सुप आदि त्यसको तागत, भिटामिन र मिनिरल याने कि पोषणको लागि खानै पर्दा मसलेदार गरी दिँदा स्वाद आउनेमात्र नभई यसलाई क्षारीय वातावरण दिन सक्ने औषधीयरूपमा ढाल्ने हाम्रो रैथाने प्रविधिको वैज्ञानिक आधार यहाँ आएर स्पष्ट हुन्छ ।

मासुमा च्याङ्ग्रा वा खसी वा मृग वा बँदेल हाम्रो प्राथमिकता पर्नुको मुख्य कारण मेटाबोलिक पिएचका अतिरिक्त मनोबैज्ञानिक स्वस्थसँग सरोकार राख्ने  इटोकेमिकलको आधारसमेत रहेको बुझिन्छ। जस्तैः जुन जुन हर्बलहरू च्याङ्ग्रा वा बाख्राले खाने गर्छ ती प्राय उच्च औषधीय गुणको रहने र तिनीहरूको मासुसमेत उच्च औषधीय गुणयुक्त पÞm्लेभोनोइड़युक्त रहनु स्वाभाबिक रहेकोले यिनीहरू हाम्रो परम्परागत छनौटमा पहिलोमा चुनिएको बुझिन्छ । परम्परागत रूपमै किन सेतो हैन न्यून प्रशोधन गरिएको गुण खानु उत्तम भनियो त्यसको समेत यहाँ प्रष्टता झल्कन्छ।

समग्रमा भन्दा हाम्रा खाना जे छन् कोभिड–१९ को संक्रमणको सन्दर्भमा तिनैमध्ये जे रुच्छ त्यही खान उपयुक्त छन्। मात्र आयुर्वेदिक चिकित्सकहरूले बताएको उपाय अपनाउने र आफूलाई खुसी र धन्य राख्ने गर्दा यो महामारी भनिएको रोगको विरुद्ध हामी सजिलै भिड्न सक्छौं। यहाँ न त आत्तिनु न त मात्तिनु पर्ने कुनै कुरा देखिन्छ । आफ्नो रैथाने ओखती र चिकित्सा पद्दतिलाई समयमै चिनौँ । हाम्रो नयाँ पुस्ताको भविष्यमाथि खेलबाड गरिरहेको आयातित कु–ज्ञानको संसर्गबाट बचौँ, समाजलाई बचाऊँ ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो