एन्फाले अन्तर विद्यालय फुटबल लिग प्रतियोगिता संचालन गर्ने

डिसी नेपाल
६ असोज २०७७ १५:०१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल युवा खेलाडीहरुलाई अवसर प्रदान गर्दे निकट भविष्यमा उमेर समुहको राष्ट्रिय टोलीसम्म प्रशिक्षणमा सहभागी गराउने उद्देश्यले अन्तर विद्यालय फुटबल लिग प्रतियोगिता संचालन गर्ने भएको छ । एन्फाले मंगलवार जारी गरेको सुचना अनुसार प्रतियोगितामा १५ बर्ष उमेर समुहका काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरका विद्यालयका सम्बन्धित खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन ।

प्रतियोगितामा सहभागिता जनाउन एन्फाले विद्यालयहरुलाई बिभिन्न मापदण्डहरु तोकिएको छ । उक्त मापदण्ड पुरा भएका विद्यालयहरुले १५ दिनभित्र आवेदन दिनसक्ने जनाएको छ । प्रतियोगिता आगामी मंसीर दोस्रो हप्ताबाट संचालन हुने एन्फाले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *