जोफ्रा आर्चरले २ बलमा ठोके ४ छक्का, लुंगी एंगिडीको नाममा बन्यो लज्जास्पद रेकर्ड

डिसी नेपाल
७ असोज २०७७ १०:२४

काठमाडौं। गएराती इण्डियन प्रिमियर लिग अन्तर्गत भएको चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेलमा राजस्थानको इनिङको अन्तिम ओभरमा अद्भूत दृष्य देखियो । यो ओभरमा दुई बलमा ४ वटा छक्का प्रहार भए । यो खेलमा राजस्थान रोयल्सका ब्याट्सम्यान जोफ्रा आर्चरले आफ्नो टिमको इनिङको अन्तिम ओभरमा बलिङ गर्न आएका चेन्र्नका बलर लुंगी एंगिडीको धुलाइ गरिदिए ।

आर्चरले ४ छक्कासहित ८ बलमा २७ रन बनाए । लुंगीको पहिलो बलमा आर्चरले छक्का हाने । दोस्रो बलमा पनि छक्का हाने । त्यसपछि लुंगीले लगातार २ बल नोबल फाले । यी दुवै बल गणना भएनन् तर आर्चरले दुवै बलमा छक्का हानिदिए । यसरी मात्रै २ मान्य बलमा ४ छक्का प्रहार भए । यससँगै लुंगी एंगिडीको नाममा आइपिएलको सबैभन्दा महंगो अन्तिम ओभरको लज्जासपद रेकर्ड बन्यो । उनले अन्तिम ओभरमा कूल ३० रन दिए ।

लुंगीको नाममा बनेको आइपिएलको सबैभन्दा महंगो अन्तिम ओभरको रेकर्ड संयुक्त रेकर्ड हो । यसअघि २०१७ मा राइजिङ पुणे सुपरजाइन्ट्सका अशोक डिंडाले पनि ३० रन दिएका थिए । डिंडाको बलमा हार्दिक पंड्याले ४ छक्का र १ चौका हानेका थिए । ३ दिनअघि दिल्ली क्यापिटल्स र किंग्स ११ पंजाबको खेलमा पनि पंजाबका क्रिस जोर्डनले अन्तिम ओभरमा ३० रन दिएका थिए । जोर्डनको मार्कुस स्टोइनिसले धुलाइ गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *