वेस्ट ह्यामद्वारा हल सिटी ५–१ ले पराजित

डिसी नेपाल
८ असोज २०७७ १४:२७

काठमाडौं । ईङल्यान्डमा जारी कारबाओ कप अन्तर्गत बुधवार भएको तेस्रो चरणको खेलमा वेस्ट ह्यामले हल सिटीलाई ५–१ ले पराजित गरेको छ । वेस्ट ह्यामका लागि रोर्बट स्नोडग्रासले खेलको १८ औं, सेबेस्टियन हलरले ४५ र ९०+१ तथा एन्ड्री यरमोलेंकोले ५६ र ९०+२ औं मिनेटमा गोल गरे ।

खेल सुरुहुनु अघि वेस्ट ह्यामका म्यानेजर डेविड मोइस, डिफेन्डर डियोप र मिडफील्डर जोश कलन कोरोना पोजेटिभ देखिएका थिए । यी सबैजान खेलका लागि स्टेडियम पुगि सकेका थिए । खेलको सुरुवाती ११ मा कोरोना पोजेटिभ देखिएका दुई खेलाडीहरुको नाम पनि आईसकेको थियो । तरपनि खेल आयोजना भयो र दुबै खेलाडीहरुलाई आइसोलेशनमा पठाईयो । तर तीनै जानामा कोरोना भाईरसको लक्षण देखिएको छैन । सुरक्षालाई ध्यानमा राख्दै यी खेलाडीहरु सँग सम्पर्कमा आएका सम्पूर्ण खेलाडीहरुको कोरोना परिक्षण गरिने भएको छ ।

बुधवार भएको अर्को खेलमा म्यान्चेस्टर यूनाईटेडले लुटन टाउनलाई ३–० ले पराजित गरेको छ । म्यान्चेस्टारका लागि जुआन माटाले खेलको ४४ औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे । मार्कस रैशफोर्डले खेलको ८८ औं तथा ग्रीनवुडले ९०+२ मा गोल गर्दे टोलीको जित सुनिश्चित गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *