पीएसजीका फरवार्ड एन्जल डी मारीयालाई चार खेल प्रतिबन्ध

डिसी नेपाल
८ असोज २०७७ २०:५६

काठमाडौं । फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फारवर्ड एन्जेल डी मारियालाई चार खेलको लागि प्रतिबन्धित गरिएको छ। बीबीसीको रिपोर्टका अनुसार मारियाले १३ सेप्टेम्बरमा फ्रान्सको फुटबल प्रतियोगिता लिग १ मा खेलेको खेलमा मार्सिलेसँग ०–१ ले पराजित हुदा उनले गरेको दुर्व्यवहारको लागि मारियामाथि प्रतिबन्ध लगाइएको हो ।

मारीयाले खेलको दौरान मार्सिले डिफेन्डर अल्भारो गोन्जालोज माथि थुकेको कारण दोषी ठहराईएको छ। यद्यपि लीगले मारीयाले थुक्ने कारणले गर्दा वा अरू कुनै कारणले प्रतिबन्ध लगाइएको अझै पक्का गरिसकेको छैन। यस खेलमा खराब ब्यवहारका कारण अन्य पाँच खेलाडीहरूलाई मैदानबाट बाहिर पठाइएको थियो।

खेलको क्रममा भिडियो सहायक रेफरीले मारियाको विरुद्ध कारबाही नगर्न निर्णय गरेका थिए। खेलमा पीएसजी स्टार नेमारले अन्तिम क्षणमा मार्सिले डिफेन्डर अल्वारो गोन्जालोजलाई मुक्का प्रहार गरे, जसकारण नेमारलाई पनि रातो कार्ड देखाइयो र उनले मैदान छोडनुपर्‍यो।

नेमारले गोन्जालोज माथि जातिवादको आरोप लगाएका थिए। नेमारले मैदानबाट बाहिरिने क्रममा जातिवादको कारण विपक्षी टीमका खेलाडीलाई मुक्का प्रहार गरेको अधिकारीलाई बताएका छन । खेल समाप्त हुने समयमा मैदानमा पीएसजी ८ तथा मार्सेलीका ९ खेलाडीहरू मात्र थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *