इब्राहिमोविच कोरोना संक्रमित, एसी मिलानले गर्यो पुष्टि

डिसी नेपाल
९ असोज २०७७ ११:५८

काठमाडौं । एसी मिलानका स्टार खेलाडी ज्लाटन इब्राहिमोविच कोराना संक्रमित भएको पुष्टि भएको छ । इटालीको फुटबल क्लब एसी मिलानले बिहिवार इब्राहिमोविच कोरोना संक्रमित भएको पुष्टि गरेको छ । एकदिन अघि डिफेन्डर लियो डुवार्ते परिक्षणको क्रममा पोजेटिभ पाईएपछि मिलानका अन्य खेलाडीहरुको पुनः कोरोना परिक्षण गरिएको थियो ।

मिलानका अनुसार बोडो ग्लिम्ट बिरुद्वको खेलअघि गरिएको दोस्रो पटकको परिक्षणमा ज्लाटन इब्राहिमोविच कोरोना पोजेटिभ देखिएका हुन । क्लबले सम्बन्धित अधिकारीहरुलाई सुचित गर्दे खेलाडीहरुलाई क्वारिन्टाइनमा पठाएको छ । क्लबका अन्य खेलाडीहरुमा कोरोना नेगेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि इब्राहिमोविचले अब नर्वेको टोली बिरुद्ध युरोपा लिगको खेलमा खेल्ने छैनन, साथै आइतबार क्रोटन बिरूद्धको सिरी ए को खेलमा पनि खेल्ने छैनन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *