सन्दीप सम्मिलित दिल्लीले आईपीएलमा आज दोस्रो खेल खेल्दै

डिसी नेपाल
९ असोज २०७७ १३:०१

काठमाडौं । सन्दीप लामिछाने सम्मिलित दिल्लीले आईपीएलमा आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७.४५ मा सुरु हुनेछ । पहिलो खेलको सुपर ओभरमा किंग्स एलेभन पञ्जावलाई पराजित गरेको दिल्ली आज उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । दिल्लीले आजको खेल पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी सम्मिलित चेन्नई सुपर किंग्स बिरुद्व खेलदैछ ।

आईपीएलको यस अघिको सिजनमा चेन्नई बिरुद्व कजोर सावित भएको दिल्लीले जारी सिजनमा चेन्नई बिरुद्व पहिलो खेल खेल्न लागेको हो । यसअघिका खेलहरुमा चेन्नई बिरुद्व दिल्ली कमजोर देखिएपनि यसपटकको सिजनमा दिल्ली टोली बलियो देखिन्छ । दिल्ली र चेन्नईबीच भएको पछिल्लो ५ खेलमा दिल्लीले चारमा हार ब्योहोरेको छ । आईपीएलको पछिल्लो सिजनमा दुबै टोलीबीच भएको तीन खेलमा दिल्लीले दुईमा पराजय भोगेको छ ।

आजको खेलमा दिल्लीका मुख्य ब्याटसम्यान शिखर धवन र ऋषभ पन्तले केही किर्तिमानहरु बनाउने आशा गरिएको छ । किनभने आईपीएलमा १०० छक्का पुरान गर्नबाट शिखर मात्र ४ छक्का पछाडी रहेका छन भने ऋषभ ६ छक्का मात्र पछाडी रहेका छन । आईपीएलमा अहिले सम्म दिल्ली र चेन्नई २१ पटक आमुने सामुन्ने भएका छन । जसमा दिल्लीले ६ खेलमा विजय र १५ खेलमा पराजय ब्योहोरेको छ ।

युएईको पिचमा यसअघिको सिजनमा दिल्लीको प्रदर्शन खासै सम्झन लायकको छैन । दिल्लीले युएईमा यसअघिका सिजनमा खेलेको ५ खेलमध्ये २ खेलमात्र जितेको छ । तर यसपटकको सिजन जितसँगै सुरुवात गरेको दिल्लीले आफ्नो अपराजित यात्रा कायम राख्नेछ भन्ने बिश्वास गरिएको छ ।

दिल्ली एकमात्र यस्तो टोली हो जसले अहिले सम्म आईपीएलको फाईनल खेल्न सकेको छैन । आईपीएलको सुरुवाती सिजन (२००८–०९) मा दिल्लीले सेमीफाईनल सम्मको यात्रा तय गरेको थियो । यसपटकको आईपीएलमा दिल्लीमा युवा तथा अनुभवी खेलाडीहरु भरिभराउ रहेको हुँदा दिल्लीले जारी सिजनमा लामै यात्रा तय गर्ने सम्भावान देखिन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *