आईपीएलः दिल्लीले टस हार्‍यो, सन्दीपले मौका पाएनन्

डिसी नेपाल
९ असोज २०७७ १९:२१

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को ७ औं खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच दुबई क्रिकेट स्टेडियममा खेल हुँदैछ। टस हारे पनि दिल्लीले पहिला ब्याटिंगको निम्तो पाएको छ। दिल्ली आफ्नो दोस्रो खेल खेलिरहेको छ भने चेन्नई तेस्रो खेल खेल्दै छ।

जारी लिगमा दिल्लीले आफ्नो पहिलो खेलमा पञ्जावलाई सुपर ओभरमा पराजित गर्दै प्रतियोगिता जितबाट शुरु गरेको थियो। उता चेन्नईले पनि पहिलो खेलमा मुम्बईलाई पराजित गरेको थियो। तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग पराजित भयो।

नेपाली स्पीनर सन्दीप लामिछाने रहेको दिल्ली जारी सिजनको एक उपाधि दाबेदार टिम मानिएको छ। सन्दीपले यो खेलमा मौका पाउने अनुमान गरिए पनि उनले सो अवसर पाएनन्। आर आश्विन घाइते भएपछि सन्दीपले मौका पाउने सम्भावना थियो। तर, आर आश्विनको स्थानमा दिल्ली अमित मिश्रालाई मौका दिएको छ। यस्तै मोहित शर्माको स्थानमा आवेश खानले मौका पाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *