दोस्रो खेलमा दिल्लीको धमाकेदार जित, चेन्नईको लगातार दोस्रो हार

डिसी नेपाल
९ असोज २०७७ २३:२३

काठमाडौं। यूएईमा जारी आईपीएलको शुक्रबार भएको ७ औं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। दुबई क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले ३ विकेटमा १७५ रन बनाएको थियो।

जवाफी ब्याटिंगमा उत्रेको चेन्नईले ७ विकेट गुमाएर १३१ रन मात्र बनायो। दिल्ली ४४ रनले विजयी भयो। चेन्नईका लागि फाप डू प्लेसीले ४३ रन बनाए पनि अरु ब्याट्सम्यानले साथ दिन नसक्दा चेन्नई पराजित भयो। दिल्लीका लागि कागिसो राबाडाले ३ विकेट लिए। अरिन्च नोर्टेजले २ विकेट लिए भने अक्षर पटेलले एक एक विकेट लिए।

यसअघि दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रन बनाएका थिए भने ऋषभ पन्तले नटआउट ३७ रन बनाएका थिए।

जारी प्रतियोगितामा दिल्लीको यो लगातार दोस्रो जित हो। लगातार दुई खेलमा जित हात पारेसँगै दिल्ली अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ। उता तीन खेल खेलेको चेन्नईको यो लगातार दोस्रो हार हो। दिल्लीले पहिलो खेलमा किंग् एलेभन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको थियो।

उता चेन्नईले पहिलो खेलमा मुम्बई इण्डिन्सलाई पराजित गरेको थियो भने दिल्ली र राजस्थान रोयल्ससँग पराजित भयो। नेपाली स्पीनर सन्दीप लामिछाने रहेको दिल्लीले आफ्नो दोस्रो खेलमा पनि उनलाई मौका भने दिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *