ईन्डोनेसियामा पर्सिजाका लागि प्रशिक्षणमा फर्किए रोहित

डिसी नेपाल
११ असोज २०७७ ११:१९

काठमाडौं । गत मंगलवार मलेसियाको क्वालालम्पुर हुदै ईन्डोनेसियाको जकार्ता पुगेका राष्ट्रिय फुटबलर रोहित चन्दले आफ्नो प्रशिक्षण सुरुवात गरेका छन । आईतवार रोहितले सामाजिक संजालमा प्रशिक्षण गर्दे गरेको भिडीयो सार्वजनिक गरेका छन । उनले सामाजिक संजालमा आफु करिब ६ महिना पछि मैदानमा फर्कैको प्रतिक्रिया दिएका छन ।

रोहितको ब्यवसायिक फुटबल पर्सिजा जकार्ताले उद्धृत गर्दै लेखेको छ, “रोहित करिब ६ महिनापछि मैदानमा फर्किएका छन, अहिलेको अवस्थामा उनी आफ्नो लयमा फर्किन पक्कै उनलाई सजिलो छैन ।” पर्सिजाका मिडफिल्डर रोहित आफ्ना सहकर्मीहरूसँग ईन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको डेपोकमा प्रशिक्षणमा फर्किएको उनको क्लबले जनाएको छ । बुधवार जकार्ता पुगेका रोहितले स्वास्थ्य परिक्षण गरेर प्रशिक्षणमा सहभागि भएका हुन ।

यसअघि लकडाउनको कारण रोहितको जकार्ताको उडान अनिश्चित भएको थियो । प्रशिक्षणको लागि अन्य विदेशी खेलाडीहरु जकार्ता पगेपनि रोहित केही ढिलो पुगेका छन । रोहितले आफु नेपालमा रहदा लकडाउनको समयमा नियमित रुपमा साइकलिङ, फुटबल गतिविधि तथा प्रशिक्षण जारी राखेकाले आफुलाई ईन्डोनेसियामा प्रशिक्षणमा सामेल हुन सम्स्या नभएको प्रतिक्रिया दिएका छन ।

यसैबीच पर्सिजाका प्रशिक्षक सुदर्मनले रोहितको फिर्तीबाट आफ खुशी भएको प्रतिक्रिया दिएका छन । उनले रोहितको आगमनसँगै २०२० लिगा १ को तयारीलाई अन्तिम रूप दिन अझै सजिलो भएको बताएका छन । “अवश्य पनि म रोहित प्रशिक्षणमा फर्कदा खुशी छु किनकि उनी पहिले नेपालमा लकडाउनका कारण विचलित थिए। पछिल्ला केही वर्षहरुदेखी पर्सिजाका लागि रोहित महत्वपूर्ण खेलाडी हुन। रोहितको आगमनसँगै हाम्रो टोलीको मिडफील्ड अझ परिपक्व हुनेछ,” सुदर्मनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *