हाइस्कोर खेलमा राजस्थानको सनसनीपूर्ण जित

डिसी नेपाल
११ असोज २०७७ २३:२९
4
Shares

काठमाडौं। आईपीएलको आइतबार भएको हाई स्कोर खेलमा राजस्थान रोयल्सले सनसनीपूर्ण जित हात पारेको छ। २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले किंग्स एलेभन पञ्जावलाई ४ विकेटले पराजित गर्यो। यूएईको शारजहाँ स्टेडियममा भएको खेलमा पञ्जावले पहिला ब्याटिंग गर्दै २२३ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको राजस्थानले अन्तिम ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो।

टस हारे पहिला ब्याटिंग गरेको पञ्जावले २२३ रन बनाएको थियो। लगातार दोस्रो जित हात पार्नेक्रममा राजस्थानका लागि राहुल टेबटियाले सनसनीपूर्ण ब्याटिंग गरे।

शेल्डन कर्टेलको बलमा ५ छक्का प्रहार गरेर तुफानी ब्याटिंग गरेका उनले ३१ बलमा ५३ रन बनाउने क्रममा ७ छक्का प्रहार गरे। राजस्थानका लागि सञ्जु स्यामसनले सर्वाधिक ४२ बलमा ८५ बनाए। यस्तै कप्तान स्टेभन स्मिथले २७ बलमा ५० रन बनाए।

पहिला ब्याटिंग गरेको पञ्जावका लागि ओपनर मयंक अग्रवालले ५० बलमा १०६ रन बनाए। यस्तै कप्तान तथा अर्का ओपनर के एल राहुलले ६९ रन बनाए।
खेलको दुबै इनिंग्समा जम्मा ८ विकेट खसेको थियो भने ४४९ रन बनेको छ।

जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो भने तीन खेल खेलेको पञ्जावले एक जित र दुई हार व्यहोरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *