यो टि २० हो, जे पनि हुन सक्छ : राहुल

डिसी नेपाल
१२ असोज २०७७ ११:०१

काठमाडौं । किंग्स एलेभन पञ्जाबले आईतवार उत्कृष्ट ब्याटिङ गर्दे राजस्थान रोयल्सको सामु जितको लागि २२४ रनको विशाल लक्ष्य दियो । खेलको अन्तिम समयसम्म पञ्जाब जितको संघारमा रहेको थियो । तर १८ ओभर पछि खेलले अर्कै मोड लियो र पञ्जाबले पराजय ब्योर्होनु पर्यो । खेल सकिएपछि पञ्जाबका कप्तान केएल राहुलले प्रतिक्रिया दिए “यो टि २० हो, याहा जे पनि हुन सक्छ ।” राजस्थानलाई खेल जित्न १८ बलमा ५१ रनको आवश्यकता थियो र राहुल तेवतियाले १८ औं ओभरमा ५ छक्का प्रहार गर्दे राजस्थानलाई जिततर्फ डोर्याए ।

खेल हारेपछि राहुलले प्रतिक्रिया दिए, “यो टि २० क्रिकेट हो, हामीले धेरै पटक यस्ता खेलहरु देखेका छौं । हामीले आफ्नो आत्मविश्वासलाई बलियो बनाउनु जरुरी छ । हामीले धेरै कुराहरु राम्रो गर्यौं । तर हामीले तिनीहरूलाई क्रेडिट दिनुपर्दछ। यो खेलले तपाईंलाई सँधै शिष्ट राख्छ।”

आफ्ना बलरहरुको बचाउ गर्दे राहुलले बने, “दबाबमा बलरहरुले गल्ती गर्न सक्छन, हामीले बलियो कमब्याक गर्न जरुरी छ । म आफ्ना बलरहरुलाई समर्थन गर्छु । एउटा खेल खराब हुदैमा सबै खराब हुन्छ भन्ने छैन । यो राम्रो भयो कि प्रतियोगिताको सुरुवातमै यी कुराहरु भए । अब हामी अझ बलियो भएर आउनेछौं । साथै सानो मैदान भएकोले पनि खेल एक्कासी परिवर्तन भएको हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *