सुपर ओभरमा मुम्बईमाथि बेंगलोरको जित

डिसी नेपाल
१३ असोज २०७७ ०:१६

काठमाडौं। यूएईको दुबईमा सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ। जारी प्रतियोगिताको दोस्रो सुपर ओभरमा बेंगलोरले मुम्बईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो।

टस जितेर पहिला ब्याटिंग गरेको बेंगलोरले एबीडी भिलर्स र शिवम दुबेको तुफानी ब्याटिंगमा २०१ रन बनाएको थियो। जवाफ ब्याटिंग गरेको मुम्बईका लागि अन्तिम ओभरमा १९ रन आवश्यक थियो। तर, १८ रनमात्र बनाउन सक्यो।

मुम्बईका लागि इशासन किशनले ५८ बलमा ९९ रन बनाएर टिमलाई जित नजिक पुर्याउँदा आउट हुन पुगे। त्यस्तै किरन पोलार्डले २४ बलमा ६० रन बनाए पनि मुम्बईलाई जित दिलाउन सकेनन्।

मुम्बईलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक हुँदा इसरु उदानाको बलमा पोलार्डले चौका प्रहार गर्दै टाई गरेका थिए।

त्यसपछि सुपर ओभरमा मुम्बईले ६ रनमात्र बनाउन सक्यो। नवद्वी सैनीले सुपर ओभरमा रन बनाउन नदिएपछि ७ रनको लक्ष्य पछ्याएको बेंगलोरका लागि कप्तान विराट कोहली र एबीडी भिलर्सले अन्तिम बलमा विजयी रन बनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *