सन्दीप सम्मिलित दिल्ली हैदराबाद बिरुद्व भिड्दै
काठमाडौं । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सले आज आईपीएलमा तेस्रो खेल खेल्दैछ । लगातार दुई जितसँगै आत्मबल बढेको दिल्लीको आज हुने सनराइजर्स हैदराबाद बिरुद्वको खेलमा सो लयलाई कायमै राख्न चाहन्छ । डेविड वार्नरको अगुवाईमा रहेको सनराइजर्स हैदराबाद जारी आईपीएलमा एकमात्र टोली हो, जसले अहिलेसम्म जित निकाल्न सकेको छैन ।
दिल्लीले यसअघिका दुई खेलमा शानदार प्रदर्शन गर्दे जित हात पारेको छ, जसकारण टोलीको आत्मबल निकै मजबुत देखिन्छ । श्रेयस अय्यरको कप्तानीमा पहिलो खेलमा किंग्स इलेवन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको अगुवाईमा रहेको चेन्नई सुपर किंग्सलाई सहजै पराजित गरेको थियो । दुई जितका साथ दिल्ली अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
दिल्ली क्यापिटल्सका खेलाडीहरु : श्रेयस अय्यर (कप्तान), रविचन्द्रन अश्विन, शिखर धवन, पृथ्वी साव, शिमरोन हेटमायर, कगिसो रबाडा, अजिंक्य रहाणे, अमित मिश्रा, ऋषभ पंत (विकेटकीपर), इशान्त शर्मा, अक्षर पटेल, सन्दीप लामिछाने, कीमो पउल, ड्यानियल स्याम्स, मोहित शर्मा, एनरिच नोर्जे, एलेक्स क्यारी (विकेटकीपर), अवेश खान, तुषार देशपाण्डे, हर्षल पटेल, मार्कस स्टोइनिस र ललित यादव ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment