जोखिम उठाउँदै दशैंको सपिङ, फुटपाथमा भीडभाड, पसलभित्र छैनन् ग्राहक (फोटोफिचर)

कमल साउद
१५ असोज २०७७ १३:५१

काठमाडौं। कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै सुनसान बनेको न्यूरोडमा अहिले चहलपहल बढ्न थालेको छ । न्यूरोड, असन, इन्द्रचोकका गल्लीहरुमा मानिसहरुको बाक्लो भीड देखिन थालेको छ । भीड देख्दा दशैँ नजिकिएको भान हुन्छ ।

तर, मानिसहरुमा गएका वर्षहरुजस्तो उत्साह देखिँदैन । नेपालीहरुको महान चाड नजिकिँदै गर्दा कोरोना भाइरसले झनै उग्र रुप लिँदैछ । दशैँमा व्यस्त हुने न्यूरोडका व्यापारीहरु भने यस वर्ष फुर्सदिला भएका छन् । व्यापारिक केन्द्र न्यूरोड, इन्द्रचोकका गल्लीहरुमा मानिसहरुको बाक्लो भीड भएपनि पसलहरुमा भने त्यस्तो भीड देखिँदैन ।

गल्लीहरुमा देखिने भीड घुम्न आउनेहरुको भएको र सपिङ गर्न आउनेहरु फुटपाथबाटै सामान किनेर फर्किने भएकाले आफूहरुले झिँगा धपाएर बस्नुपरेको सुरज आर्केडका व्यापार संघका महासचिव सुरेश श्रेष्ठको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *