पोखरमा एककोरोना सङ्क्रमितको मृत्यु
सांकेतिक तस्वीर
पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मंगलबार ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यही असोज १८ गते कोरोना सङ्क्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा भर्ना भई उपचाररत लमजुङ, बेंसीशहर नगरपालिका वडा नं २ निवासी पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिए।
प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुने निज बाह्रौँ सङ्क्रमित रहेको अस्पतालले जनाएको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment