कुनै बेला महामारीले ध्वस्त पारेको शहर

नेपालको दुर्गम पहाडी भेगमा जन्मेर त्यहाँका डाँडा, काँडा, खोला, खोल्सा, उकाली ओराली गर्दै जीवनका उर्वर समय बिताइसकेपछि यतिबेला म मेरा परिवारका सदस्यसहित अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नाम गरेको शहरमा बसोबास गरिरहेको छु।

संसारको जुन कुनामा बसेको भए पनि आफ्नो जन्मभूमि, मातृभूमिको माया र सम्झना अरु कुनै कुरासँग तुलना हुनसक्दैन भन्ने कुरा परदेशी भएको केही समयदेखि बुझ्दै आएको पनि छु। एउटा सानो जंगल देख्यो भने पनि आफ्नै गाउँका उत्तिस र चिलाउनेका रुखहरुको सम्झना आउँदो रहेछ।

अमेरिकी शहरका हरिया चौरहरु देख्दा आफ्नै पहाडका खर्कहरुको सम्झन पुग्छु र एकछिन आफ्नै माटो टेकेको अनुभूतिले मन मनै रमाउँछु। शायद, सबै विदेशिएकाहरुलाई मलाइ जस्तै नै हुन्छ होला। अहिले म संयुक्त राज्य अमेरिकाको टाउन अफ इण्डियन हेड नामको शहरमा बस्छु। अमेरिकामा पचास वटा राज्य छन्। तीमध्ये मेरील्याण्ड एउटा राज्य हो। र, त्यसभित्र पनि चाल्र्स काउन्टीको एउटा शहर हो यो।

मानिसका टाउका र यसको नाम

इतिहास र संस्कृति हरेक शहर, देश र मानिसका अमूल्य सम्पत्ति हुन् जसलाई जोगाएर राख्न सक्यो भने त्यसलै भावी पुस्तालाई गर्वको अनुभूति दिन्छ। हाम्रा पहाडतिरका हरेक ठाउँका नामहरुको अआफ्नै इतिहास छ र ती सबै कुनै न कुनैरुपमा भेगीय संस्कृतिसँग जोडिएका छन्।

हो, तिनको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्न त्यस्तै प्रतिबद्ध सरकार चाहिन्छ जुन नेपालले पाउन सकेको छैन। तर, प्रतिबद्ध सरकारहरुले आफ्ना ठाउँका बारेमा ऐतिहासिक तथ्यहरु खोजेर तिनको संरक्षण गरेर राखेका छन्। इण्डिन हेडको नामकरणदेखि नै मलाइ त्यसको अनुभूति हुन्छ।

अमेरिकाका आदिबासीलाई रेड इन्डियन भनिन्छ। यस ठाउँमा लगभग २०० वर्ष पहिले आदिवासीहरुको बाक्लो बस्ती थियो। सत्रौँ शताब्दीको अन्त्यतिर हुनु पर्छ प्लेग रोगको माहामारीले गर्दा यो बस्ती उजाड हुन गई धेरै बर्षसम्म यो ठाउँ मानवविहीन बन्न गयो।

बर्षौँपछि पुनः मानिसहरु यसठाउँमा बसोबासका लागि आई बस्ती बिस्तार गर्ने क्रममा घरहरु निर्माण गर्दा, जग्गा आवाद गर्दा जताततै आदिवासी मानिसका टाउका र शरीरका अस्थिपन्जरहरु फेलापर्ने गरेका हुँदा उनीहरुले यो ठाउँको नाम इण्डियन हेड हिल भन्न थालेका रहेछन्।

अमेरिकाका आदिबासीलाई रेड इन्डियन भनिन्छ। यस ठाउँमा लगभग २०० वर्ष पहिले आदिवासीहरुको बाक्लो बस्ती थियो। सत्रौँ शताब्दीको अन्त्यतिर हुनु पर्छ प्लेग रोगको माहामारीले गर्दा यो बस्ती उजाड हुन गई धेरै बर्षसम्म यो ठाउँ मानवविहीन बन्न गयो। बर्षौँपछि पुनः मानिसहरु यसठाउँमा बसोबासका लागि आई बस्ती बिस्तार गर्ने क्रममा घरहरु निर्माण गर्दा, जग्गा आवाद गर्दा जताततै आदिवासी मानिसका टाउका र शरीरका अस्थिपन्जरहरु फेलापर्ने गरेका हुँदा उनीहरुले यो ठाउँको नाम इण्डियन हेड हिल भन्न थालेका रहेछन्।

यस्तैमा सन् १८८२ मा क्यानेडियन प्यासिफिक रेल्वे कम्पनीले बनाएको रेलवेको अन्तिम स्टेशन यही ठाउँमा बन्ने हुँदा यस ठाउँको औपचारिक नामको आवश्यकता पर्न गएकोले स्थाईरुपमा नामको चयन गर्ने क्रममा स्थानीयबासिले इण्डियन हेड हिल नाम प्रस्ताव गरेकोमा कम्पनीले ‘इण्डियन हेड’ नाम चयन गरेकोले यस ठाउँको नाम आधिकारिक रुपबाट ‘इण्डियन हेड’ रहन गएको भन्ने छ।

यसको ३८ बर्षपछि अर्थात सन् १९२० मा इण्डियन हेडका मानिसहरुले ‘टाउन अफ इण्डियन हेड’ नामबाट स्वायत्तता प्राप्त गरेका थिए। १०० बर्षदेखि टाउन अफ इण्डियन हेड स्वतन्त्ररुपबाट परिचालित छ यसको कोड नं २०६४० हो।

स्थानीय शासन र उतार चढावपूर्ण इतिहास

स्वायत्तता प्राप्तिपश्चात टाउन अफ इण्डियन हेडले मानव बस्तीको बिस्तार गर्ने काममा केही प्रगति गरेको त देखिन्छ तर १९८० को दशकतिर आइपुग्दासम्म पनि खासै आर्थिक उन्नति हुन नसकेको मात्र होइन बल्ल बल्ल स्थापित भएका एकाध उद्योगहरु पनि बन्द भएबाट स्थानीय बासिको आर्थिक उन्नति हुन नसके हुँदा टाउनमा सन्चालनमा रहेका स साना उद्योग ग्रोसरि पसलहरु पनि बन्द हुँदै गए।

फलतः टाउनमा आर्थिक कारोबार प्राय ठप्प जस्तै भयो। अमेरिकी धारणाअनुसार, एउटा टाउन बन्नका लागि आवश्य पर्ने पुर्वाधार जस्तै जनसंख्या, स्कुल (प्रावि र निमावि र माध्यमिक), पार्क, पोष्ट अफिस, यातायात, खेलमैदान, स्विमिंगपुल, खाने पानी र फोहेर मैला व्यबस्थापन, औषधि पसल, दमकल, प्रहरी कार्यालय, सिनियर सिटिजन सेन्टर आदि आधारभूत आबश्यक्ता पूरा भएको हुनुपर्दछ।

यी सबै उपलब्ध हुँदा हुँदै पनि यो टाउनले आर्थिक प्रगति गर्न नसकिरहेको अबस्थामा सन् २००० को शुरुवात सँगसँगै अमेरिकामा आवास निर्माण कार्यले एकाएक तीव्र गति लियो। तर, २००२ सेप्टेम्वर ११ को न्यूयोर्कको ट्वीन टावर घटनाले केही असर गरे पनि आवास निर्माण कार्य रोकिएन। फलत सो समयमा होम विल्डर कम्पनीहरु द्वारा टाउन अफ इण्डियन हेडमा १६४ वटा टाउन हाउस र ५२ वटा सिंगल नयाँ घरहरु निर्माण गरिए।

यसै समयमा अमेरिकामा छानोको जोहो गर्ने सोचमा रहेका दुई नेपाली मित्रहरु पनि परिवारसहित सन् २००४मा यस टाउन अफ इण्डियन हेडका बासिन्दा हुन आइ पुगेका रहेछन्।

खुलाठाउँ वरिपरि जंगल, पोटोम्याक नदीको किनार, पातलो बस्ती, कुनै प्रकारको हल्ला नहुने आजसम्म खास कुनै त्यस्तो प्राकृतिक प्रकोपमा समेत नपरेको ठाउँ राजधानी डिसीबाट पनि खासै टाढा (३४ माईल दक्षिण ४० मिनेटको ड्राइभ ) पनि छैन।

तर आवास निर्माण कम्पनिहरुका असावधानीले गर्दा २००८ मा अमेरिकाले भोग्नु परेको आर्थिक मन्दीका कारण लामों समयसम्म यस ठाउँमा अरु थप केही पनि नयाँ निर्माण हुन सकेन। ४ लाखमा किनेका घरहरु ३ लाखमा पनि बिक्री हुन सकेनन्।

बजार बिस्तार हुनु त कताहो कÞता भएका बैँक अफ अमेरिका, पिएनसी बैँकका शाखा पुलिस अफिसले यो ठाउँ छोडेर गए। तर डलर जेनरल, डलर ट्री जस्ता कम्पनीले स्टोर खोलिदिएका हु्ँदा स्थानीयबासीलाई केही राहत भने मिलेको छ।

टाउन अफ इण्डियन हेडभित्र अमेरिकाको नेभिवेस रहेको हुँदा टाउनले बिस्तारै आर्थिक उन्नति गर्ला भन्ने आशामा रहेका स्थानीय बासिहरुले लामै समयसम्म पर्खिरहेकै छन्। टाउनको विकास निर्माणका लागि जनताद्वारा निर्वाचित मेयर,भाइस मेयर र काउन्सिल म्यान ( तीन जनाको) नगर परिषदको व्यबस्था गरिएको छ।

तर अमेरिकाका प्राय सबैठाउँहरुमा दैनन्दिन जीवनका आधारभूत आवश्यक्ताहरु उपलब्ध भइनै रहने हुँदा अतिरिक्त बिकास निर्माणमा जनप्रतिनिधिहरुको खासै चासो भने हुँदो रहेनछ। यसै त अमेरिकी जनताहरु राजनीतिमा त्यति रुचि राख्ता रहेनछन्। राजनीतिमा चाखै नभए पछि चुनावमा पनि खासै चासो हुने कुरै भएन।

चौध नेपाली,  तीन भोट
अमेरिका संसारको एक यस्तो देश हो जहाँ संसारका प्राय सबैदेशका मानिस आएर बसोबास गरेका छन्। जो यो देशका आदिवासी थिए अहिले कहाँ छन् खोज्नु पर्ने

अबस्था छ। यो ठाउँको नाम चैँ आदिवासिका नामबाट राखियो तर यस ठाउँमा अहिले एकजना पनि आदिवासि छैनन्। बरु १४ जना नेपालीहरु छौँ भने केही भारतीय र केही भियतनामी मुलका मानिसहरु छन् जसलाई एशियन अमेरिकन भनिन्छ। लगभग ५००० जनसंख्यामा १०० जति एशियन अमेरिकन होलान् बाँकी गोरा अमेरिकन र अफ्रिकन अमेरिकन आधा आधा होलान्।

राजनीतिमा अमेरिकीहरुको खासै चासो नहुने र अफ्रिकन अमेरिकन त राजनीतिबाट टाढै रहन्छन्। भनौँ राजनीतिमा उनीहरुको कुनै रुचि नै छैन। फलतः सन १९९५ देखि सन २०१४ सम्म टाउन अफ इण्डियन हेडको मेयर भाइस मेयर र काउन्सिल म्यानमा लगातार तीनै पदमा गोरा समुदायका एकै ब्यक्तिहरु लगातार पदासिन भए।

२०१४ मा भएको टाउनको निर्वाचनमा नयाँ तीनजना र पुराना मेयर र भाइस मेयरले प्रतिष्पर्धा गरेकोमा तीनै पदमा नयाँ उमेद्द्वारले जिते जसमा मेयरमा ह्वाइटले भाइस मेयरमा नेपाली मुलकाले र काउन्सिल म्यानमा अफ्रिकन मुलकाले विजय प्राप्त गरेर गोरा अमेरिकन समुदायले एकसय बर्षदेखि कायम गरेको पूर्ण बर्चश्वलाई तोडिदिए।

यस निर्वाचनले अमेरिकामा दुईवटा नयाँ रेकर्ड बनाएको थियो (क) अमेरिकाको सबैभन्दा कम उमेरको व्यक्ति मेयर पदमा निर्वाचित (उमेर १८ बर्ष) (ख), अमेरिकामा नेपाली मुलको व्यक्ति पहिलो निर्वाचित उपमेयर बन्न सफल भए। सो निर्वाचनमा नेपाली मतदाता भने तीनजना मात्र थिए ।

नयाँ टिमले सन् २००५ मा टाउनले पोटोम्याक नदीसम्म जानका लागि बाटो बनाउने र नदी किनारमा १२०० फिट लामो ब्रोडवाक् बनाउने भनी निर्णय भएको तर कार्यान्वयनमा ल्याउन नसकी थन्क्याइएको योजनाको फइलको धुलो टकटक्याई फाइल खोलेर काम अगाडि बढ़ाइएपछि सो योजना स्वीकृत भई सेप्टेम्वर ६,२०१७ मा ‘दी मेरिल्याण्ड डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन स्टेट हाईवे प्रशासनबाट’ टाउन अफ इण्डियन हेडले ४ करोड ३३ लाख १४ हजार ६४ डलर अनुदान प्राप्त गर्यो। यो रकÞम योजनाको कुल बजेटको ८० प्रतिशत बराबरको हो।

बाँकी २० प्रतिशतमा टाउनले ५ लाख र बाँकी स्टेटले खÞर्च गर्नु पर्नेमा टाउनले आफ्नो भागको रकÞम पनि अनुदानमा पाउन माग गरेको हुँदा योजना शुरु हुन ढिलाइ हुँदै गयो। अर्कोतिर वसिंगटन ग्यास कम्पनीसँग सम्पर्क कायम गरी इच्छुक टाउनबासीले आफ्नो घरमा खाना पकाउने ग्यास पाइपबाट सिधै सप्लाइ निमित्त कारोबार गर्ने कार्यमा मध्यस्तता गरिदिएर तत्काल ४१ घरले पाइप लाइन जोड़े भने भविष्यमा थप अरु केही घरहरुले पाइप लाइन जोड्न सक्ने ब्यवस्था पनि भएको छ ।

यसै कार्यकालमा टाउनको फोहोर मैला ब्यवस्थानमा सुधार, गाडी पार्किंगस्थलको थप व्यवस्था, टाउनमा भएका पब्लिक पार्कलाई थप सुबिधा सम्पन्न बनाउने सिनियर सिटिजन सेन्टरलाई अरु सुविधायुक्त बनाउने कार्य पनि भएका छन्। आफ्नो ठाउँका लागि केही गरेपछि जनताले पनि तिनलाई नै छान्दारहेछन्। सन् २०१९ मा भएको निर्वाचनमा ६ जना उमेदवारमा उनै तीन जना साबिककै पदमा निर्बचित भए।

सन् २०१७ मा नै निर्माण शुरु हुनु पर्ने पोटोम्याक नदी किनारको ‘ब्रोर्ड वाक’ प्रोजेक्ट पनि गत सेप्टेम्वर १७ मा मेरिल्याण्ड राज्यका सहायक गभर्नरले निर्माण कार्यको शिलान्यास गर्नु भयो। १,६०० फुट लम्बाइ र १२ फुट चौड़ाइ हुने सो‘ब्रोर्ड वाकको’ कुल लागत खÞर्च ४० लाख डलर हुने र निर्माण अवधि १२ देखि १४ महिनाको छ।

यसको निर्माण सम्पन्न पश्चात निश्चित रुपमा स्थानीय पर्यटकको आगमनमा बृद्धि हुनगई सानातिना व्यवसाय जस्तै कफिसप, रेष्टुराँ, सबवे, लिकर स्टोर आदिमा सकारात्मक प्रभाव पर्नेछ। यस अलाव टाउना २०० वटा नयाँ टाउन हाउस बन्ने भन्ने चर्चा गत ३ वर्षदेखि चलिआएकोमा गत महिनादेखि टाउन हल नजिकै दश हेक्टर जमिनमा भएको जंगल फडानी गर्ने कार्य ५०प्रतिशत समाप्त भइसकेको छ।

यहाँ दुई बर्षसम्ममा १६८ वटा सुबिध सम्पन्न टाउन हाउस बनाइसक्ने भन्ने योजना रहेको छ भन्ने बुझिएको छ । घरको मूल्य दुई लाख ५० हजारदेखि ३ लाख डलरसम्म पर्ने अनुमान गरिएको छ। खुला मैदान,सडकपारि प्राइमरी स्कुल, नजिकै पोष्ट अफिस र सिनियर सिटिजन सेन्टर भएको साथै पाँच मिनट पैदल यात्राको दूरीमा वाकिंग र साईक्लिङ्गका लागि मात्र जंगलै जंगलको ७ माइल लामो बाटो बनेको छ।

टाउनमा प्रशस्त मात्रामा सानो तिनो काम प्राप्त गर्न सकिने अवस्था भने छैन तर २०—२५ मिनटको ड्राइभको दूरीमा वालड्रफ लपलेटाजस्ता मध्यम तथा ठूला टाउनहरुमा काम गर्नका लागि वालमाटर्, टार्गेट, फूडलाइन, सिभिएस, हस्पिटल बैँकहरु, टोयोटा, फाेर्ड, होण्डाजस्ता कम्पनीका डिलरहरु, पिजा, सब वे, म्याक डोनाल्डजस्ता पसलका अतिरिक्त अन्य प्रसस्तै स्थानहरु उपल्ध छन्।

यातायातको सुविधा भने त्यति राम्रो हुन नसकिरहेको हुँदा आफूसँग निजी सबारी साधन हुनु चैँ अनिवार्य हुन्छ। कोही नेपाली मित्रहरु डिसी मेट्रो क्षेत्रमा घर किन्ने बिचारमा हुनुहुन्छ भने नयाँ टाउन हाउसहरु निर्माण हुने क्रम चलिरहेको हुँदा एकपटक टाउन अफ इण्डियन हेडलाई सम्झनु हुन अनुरोध पनि गर्दछु।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो