ढिस्कोमा परी महिलाको मृत्यु

डिसी नेपाल
१८ कार्तिक २०७७ ११:१६

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ। प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् । गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको बताइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *