चीनले नेपाली सीमा मिचेको समाचारहरु फेक हुन् : चीन

डिसी नेपाल
१८ कार्तिक २०७७ १६:३२
92
Shares

काठमाडौं। चीनले नेपाली भूमि मिचेको भनेर प्रकाशित भएका समाचार तथा रिपोर्टहरु फेक भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चीनले नेपाली भूमि मिचेको प्रतिवेदनहरु गलत भएको बताएको चिनियाँ सरकारी समाचार माध्यम ग्लोवल टाइम्सले जनाएको छ।

चिनियाँ प्रवक्ताले चीनले १५० हेक्टर नेपाली भूमि मिचेको भनेर प्रकाशित भएका समाचारहरु तथा प्रतिवेदन गलत रहेको भन्दै विना आधार र तथ्य आरोप लगाइएको बताएका छन्।

गत भदौमा नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु बनाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीले बताएका थिए। त्यसपछि नेपाल र चीन दुबैले त्यतिबेला नै चीनले नेपाली भूमि नमिचेको र चीनसँग कुनै सीमा विवाद नभएको बताएका थिए।

तर, त्यति ने बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा निर्वाचित प्रदेशसभा सदस्यह जीवनबहादुर शाहीसहितको टोलीले लिमी उपत्यकाको अवलोकन गरेको थियो। शाही नेतृत्वको टोलीले लिमीमा चीनले सीमा मिचेको प्रतिवेदन दिएको थियो। साथै १२ नम्बर सीमास्तम्भ चीनले आफूखुसी नयाँ निर्माण गरेको प्रतिवेदन दिइएको थियो।

पहिलो सो १२ नम्बर पिल्लर लामो समय फेला नपरेको जनाइएको थियो भने सीमा सम्बन्धि समाचाहरु आएपछि हुल्लाका प्रमुख जिल्ला अधिकारीको टोलीले सो सीमास्तम्भको खोजी गर्दा नयाँ बनाइएको स्वरुपमा सीमास्तम्भ फेला परेको थियो। नेपालले सोही स्तम्भका आधारमा चीनले भूमि नमिचेको बताएको थियो। तर, काँग्रेसले भने चीनले स्तम्भ नै फरक स्थानमा बनाएर नेपाली भूमि मिचेको दावी गरेको छ।

यही विषयमा मंगलबार चिनियाँ विदेश मन्त्रालयले नेपाली भूमि नमिचेको बताएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *