महानगरको चेतावनीकाबाबजुद खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान जारी (फोटोफिचर)

कमल साउद
१८ कार्तिक २०७७ १८:२१

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन चेतावनी दिएपनि निःशुल्क खाना खुवाउने अभियान जारी रहेको छ ।

मंगलबार पनि ‘हाम्रो टिम नेपाल’ र हन्ड्रेड ग्रुप नामको संस्थाले रोजगारी गुमाएर छाक टार्न समस्यामा परेका मानिसहरुलाई निःशुल्क खाना खुवाएको छ । महानगरले खुलामञ्चमा खाना खुवाएको अशोभनिय देखिएको भन्दै खाना नखुवाउन चेतावनी दिएको थियो । तर, यि दुई संस्थाले या रोजगारी या खाना खुवाउने व्यवस्था सरकारले नगरेसम्म भोकाहरुको पेट भर्ने बताउँदै आएका छन् ।

माहामारीकाबीच सरकारले गरेको लकडाउनले कतिपयको रोजगारी गुमेपछि विगत केही महिनादेखि ‘हाम्रो टिम नेपाल’ र हन्ड्रेड ग्रुप नामको संस्थाले खाना खुवाउँदै आएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *