पर्यटकीय गतिविधि सुचारु गर्ने, उद्धार उडान नगर्ने सीसीएमसीको निर्णय

डिसी नेपाल
२३ कार्तिक २०७७ १७:२१

काठमाडौं। कोरोना महामारीका कारण देशव्यापी लकडाउन शुरु भएसँगै ठप्प भएको पर्यट उद्योगलाई पुनः सञ्चालनमा ल्याउन शुरु गरिने भएको छ। आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पर्यटकीय गतिविधि सुरुचारु गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानले निर्णय गरेको छ।

सीसीएमसीका सदस्य सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब महेन्द्रप्रसा गुरागाईँले जानकारी दिए। उनका अनुसार केवलकार, जंगल सफारी र साहासिक पर्यटन खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय भएको छ।

आगामी मन्त्रिपरिषदले सीसीएमसीको यो निर्णय पारित गरे गएको चैतदेखि ठप्प रहेको पर्यटन गतिविधि शुरु हुनेछ।

सीसीएमसीले नेपाल–भारत आवतजावतका लागि थप अर्को नाका पनि सञ्चालनमा ल्याउनका लागि प्रस्ताव गरेको छ। सीसीएमसीले बैतडीको झुलाघाट नाकालाई सञ्चालनमा ल्याउने प्रस्ताव गरेको हो। यो नाका सञ्चालनमा आए यसरी सञ्चालन हुने नाकाको संख्या १४ पुग्ने छ। यसअघि देशका विभिन्न १३ वटा नाकाहरु सञ्चालनमा छन्।

यस्तै सीसीएमसीले अब वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपालीका लागि उद्धार उडान नगर्ने निर्णयसमेत गरेको छ। उद्धार गर्नुपर्ने नेपालीहरु नरहेको भन्दै उद्धार उडान बन्द गर्ने निर्णय भएको सचिब गुरागाईँले जानकारी दिए। उनले केही त्यस्तो अलपत्र परे नियमित उडानबाट उद्धार गर्न सकिनेसमेत बताए।

यस्तै सीसीएमसीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा कर्मचारीहरुले आ आफ्नो परिवारका सदस्यहरुलाई पनि ल्याउन पाउने निर्णय सीसीएमसीले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *