महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिमा आज चुनाव, राणाको उम्मेदवारी

डिसी नेपाल
२४ कार्तिक २०७७ १९:१०

काठमाडौं। नेपालकी बन्दना राणाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी सँयुक्त राष्ट्रसंघीय समितिको सोमबार निर्वाचन हुँदैछ। हाल सो समितिकी उपाध्यक्ष रहेकी राणाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी हुन्।

सोमबार नेपाली समयअनुसार न्यूयोर्कमा पौने ९ बजे मतदान प्रक्रिया शुरु हुनेछ भने तीन घण्टामा चुनावी परिणाम आउने बताइएको छ। उम्मेदवार राणले आफू निर्वाचित हुने आशावादी रहेको बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘नेपाल सरकारले राम्रो सहयोग गरेको छ। मैले आफै पनि सन् २०१९ देखि नै लबिंग गरेकी छु। न्यूयोर्क, जेनेभा, दिल्ली पुगेर मैले आफ्नो उम्मेदवारीबारे लबिंग गरेको छु। निर्वाचित हुने आशावादी छु।’

राणा नेपालका तर्फबाट सो समितिमा निर्वाचित हुने पहिलो व्यक्ति हुन्। उनी सो समितिको हाल उपाध्यक्ष छिन्। र आगामी डिसेम्बरमा कार्यकाल सकिँदै छ।

सोमबार समितिका ११ जना सदस्यका लागि निर्वाचन हुँदैछ। सदस्यहरुबाट पछि आन्तरिक रुपमा पदाधिकारी निर्वाचित गर्ने व्यवस्था रहेको छ।

विश्वका १८९ देशले मतदान गर्ने सो चुनावमा ११ सिटका लागि २० जनाको उम्मेदवारी रहेको छ। एशियाबाट ५ जना उम्मेदवार छन् भने दक्षिण एशियाबाट राणाको एकल उम्मेदवारी छ। राणाले धेरैजसो मुलुकहरुले दोस्रो कार्यकालका लागि निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता गरेकाले आफू यो पटक पनि निर्वाचित हुने विश्वास व्यक्त गरिन्।

राणाले पहिलो कार्यकालमा आफूले नेपालमा महिला अधिकारको अवस्थाबारे विश्वका विभिन्न मुलुकमा जानकारी दिन पाएको भन्दै नेपाल र अन्य देशको अवस्थाबारे पनि तुलानात्मक समीक्षाको अवसर प्राप्त गरेको बताइन्। उनले कानूनी व्यवस्थगाका आधारमा नेपाल एशियाली र अफ्रीकी मुलुकको तुलनामा निकै माथि रहेको बताइन्। तर, नेपालमा कानूनको कार्यान्वयमा भने चुनौति रहेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *