खुलामञ्चमा शैली परिवर्तन गरी खाना खुवाउने काम जारी

तर्कबहादुर थापा
२ मंसिर २०७७ १३:३४

काठमाडौं। खुल्लामञ्चमा सर्वसाधारणलाई खुवाउने खानाको शैली परिवर्तन गरी खुवाइएको छ। विगत लामो समयदेखि १०० ग्रुप्सले खान खुवाउने काम महानगरले रोक्ने कोशिस गरेको थियो।

यसअघि महानगरसँग भएको सहमति अनुसार खाना खुवाउन ठाउँ उपलब्ध गराउने भनिएको थियो। ठाउँ उपलब्ध नभएपछि प्याकिङ गरेर बाँढिएको १०० ग्रुपका कोषाध्यक्ष आशाराम यादवले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘हामीलाई महानगरले ठाउँ उपलब्ध गराउने भनेको थियो। तर आजसम्म पनि उपलब्ध नगराएपछि आज (मंगलबार) विहानको खाना प्याकिङ गरेर वितरण गरेका छौं। खान खुवाउने शैली परिवर्तन भएको छ तर, खाना खुवाउन रोकेका छैनौं।’

विभिन्न पार्टी प्यालेसमा पनि गएर खाना खुवाउनका लागि स्थानको माग गरेको उनले बताए। ‘पार्टी प्यालेसहरुमा पनि गएका थियौं,’ यादवले भने, ‘विवाहको सिजन आयो भनेर पार्टी प्यालेसहरुले खाना खुवाउने ठाउँ उपलब्ध गराउन मानेन्। त्यसैले हामीले खाना प्याकिङ गरेर बाँढेका हौं।’

उनीहरुले खाना खुवाउँदै आएका करिव १ सय जनालाई विभिन्न ठाउँमा जागिर समेत लगाई दिएको कोषाध्यक्ष यादवले जानकारी दिए। उनले भने, ‘करिव ३८ जनालाई ४ देखि ६ महिना काम दिलाउने शर्तमा बुटवल पठाएका छौं। यस्तै, कपनको बालुवाखानीमा १४/१५ जनालाई पठाएका छौं भने थापाथली स्थिति राममन्द्रिर निर्माणको काममा पनि करिव १५ जना जतिलाई रोजगारीमा लगाएका छौं।’

लकडाउनको समयमा खाना खुवाउने मात्र नभएर दशैं तथा तिहारमा घरजान खोजेकालाई गाडीभाडा र पैसा समेत दिएर उनीहरुको घरसम्म पुर्याउने काम ग्रुपले गरेको छ।

सामाजिक कार्यमा अग्रसर युवाहरुको १०० ग्रुपले कतिपय सहयोग र कति आफ्नो खर्चमा काठमाडौंमा रोजगारी गुमाएर खान बस्न अफ्ठेरो भएकाहरुलाई खाना खुवाउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *