तनहुँमा खोरमा पर्यो चितुवा

डिसी नेपाल
६ मंसिर २०७७ १७:४६

दमौली । आँबुखैरेनी गाउँपालिका–२ पौवा गाउँमा आज बिहान खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ ।

डिभिजन वन कार्यालयले तिहारभन्दा अगाडि उक्त ठाउँमा राखेको फलामको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

चितुवा अन्दाजी १२ वर्षको र ४० किलोभन्दा बढी रहेको सहायक वन अधिकृत सुरेश भुजेलले जानकारी दिए । “स्थानीयले पालेका वस्तुमाथि आक्रमण बढ्न थालेपछि कार्यालयले फलामको खोर राखेको थियो”, उनले भने, “खोरमा परेर भाले चितुवा नियन्त्रणमा आएको छ ।” नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु र शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *