तनहुँमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

डिसी नेपाल
६ मंसिर २०७७ २३:०९

दमौली । तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ ।
डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *