तनहुँमा काठे पोल विस्थापित गरिँदै

डिसी नेपाल
६ मंसिर २०७७ २३:१७

दमौली । भिमाद नगरपालिका–९ मा काठे पोल विस्थापन गर्न शुरुआत गरिएको छ । काठे पोलले जोखिम बढाएपछि वडाका विभिन्न ठाउँमा काठे पोल विस्थापन गरी फलामे पोल राख्न शुरु गरिएको हो ।

उक्त वडाको पाथर्दी, जौपानी, सखेप, कटनछापलगायत ठाउँमा काठे पोल हटाएर फलामको पोल राख्न शुरु गरिएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए ।

“वडाभित्र करीब डेढ– दुई सय काठको पोल बाँकी छन्, सबै विस्थापित गर्छौं,” थापाले भने, “त्यसका लागि स्थानीयवासीसँग सहकार्य गरेका छौँ ।”

यसका लागि स्थानीयवासीले ढुवानी र गाड्ने काममा श्रमदान गरेका छन् भने पोल नगरपालिकाले उपलब्ध गराएको छ ।

गण्डकी प्रदेश सरकारको काठे पोल विस्थापन कार्यक्रममार्फत नगरपालिकाका विभिन्न वडामा फलामको पोल उपलब्ध गराइएको छ ।

“काठे पोलले जोखिम बढाइरहेको थियो, हरियो रूख र बारीका कान्लाहरूमा लामो समयदेखि तारहरू असुरक्षित थियो, सबैलाई व्यवस्थापन गर्ने काम भइरहेको छ”, वडाध्यक्ष थापाले भने ।

पाथर्दीका युवा शिवकुमार आलेले स्थानीयवासीले पोल ढुवानीका लागि श्रमदान गरिरहेको जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *