‘केन्द्रको विवादलाई तल्लोस्तरमा झल्किने गरी भाषण गरेपछि विवाद’

तर्कबहादुर थापा
७ मंसिर २०७७ १३:११

काठमाडौं। शनिबार नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी एक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली निकटका कार्यकर्ताले नाराबाजी गरेपछि अहिले नेकपाभित्र आरोप प्रत्यारोपको श्रंखला चलेको छ।

ओली इतर समूहले घटनाको निन्दा गरेका छन्। तर राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले मिडियामा आएजस्तो शनिबारको कार्यक्रम बिथोल्ने कुरामा आफ्नो कुनै हात नभएको बताएकी छन्।

कार्यक्रममा नाराबाजी भएपछि सञ्चारमाध्याममा प्रतिकृया दिँदै पाण्डेले नगरप्रमुख बराल कार्यक्रममा उपस्थित हुनु, केही युवाहरु सँगै आउनु र उनले आसनग्रहण गर्दा ताली बज्नुले सुनियोजित कार्यक्रम विथोल्ने योजना बनाएको बताएका थिए। तर मेयर बरालले मिडियामा आएजस्तो घटना नभएको दाबी गरिन्।

उनले भनिन्, ‘मैले पनि केही मिडियाहरुमा उहाँ (पाण्डे)ले कुराकानीमा बोल्नु भयो भन्दै कार्यक्रम विथोल्नमा मेरो हात रहेको छ भनेर लेखेको देखेँ। मैले त्यो सोच्न पनि सक्दिन। अर्थमन्त्री भइसक्नु भएको, पार्टीको नेताले कार्यकर्ताले उठाएको आवाजलाई अरु कसैले योजना गरेर गरेका हुन भन्नु आफैंमा लज्जास्पद हो। उहाँले यस्तो कुरा गर्नु भएकै छैन भन्नेमा विश्वस्त छु।’

मदन भण्डारी फाउन्डेसन, पुष्पलाल फाउण्डेसल लगायतका पार्टीभित्रका फाउण्डेसनका कारण पार्टीमा विवाद बढ्दै गएको भन्ने कुरा गरेपछि युवाहरुले नाराबाजी गरेका हुन्। पार्टी कार्यकर्ताले केही कुरा राख्न अनुरोध गर्दा नेताज्यू मान्नु भएन, नेताज्यूले फाउन्डेसनहरु संचालनसम्बन्धमा कुरा गरिरहँदा फाउण्डेसनका केटाहरु उपस्थित थिए। उनीहरुले विरोध गरेका हुन्।

‘पार्टीको केन्द्रीय स्तरमा समस्या भइरहेको बेला गाउँसम्म पुग्ने नेता तथा कार्यकर्ताले पार्टीलाई फुट्नबाट रोक्ने कुरा गर्नु पर्छ,’ नगरप्रमुख बरालले भनिन्, ‘उहाँको बोलाइमा त्यो देखिएको थिएन। उहाँले केन्द्रको विवादलाई तल्लोस्तरमा झल्किने गरी बोल्नु भएको थियो। त्यो सुनेपछि कार्यकर्ता आक्रोशित भएका हुन्।’

पाण्डे निकट स्रोतका अनुसार मदन भण्डारी फाउन्डेसन, पुष्पलाल फाउण्डेसल लगायतका पार्टीभित्रका फाउण्डेसनका कारण पार्टीमा विवाद बढ्दै गएको भन्ने कुरा गरेपछि युवाहरुले नाराबाजी गरेका हुन्। ‘पार्टी कार्यकर्ताले केही कुरा राख्न अनुरोध गर्दा नेताज्यू मान्नु भएन,’ पाण्डे निकट स्रोतले भन्यो, ‘नेताज्यूले फाउन्डेसनहरु संचालनसम्बन्धमा कुरा गरिरहँदा फाउण्डेसनका केटाहरु उपस्थित थिए। उनीहरुले विरोध गरेका हुन्।’

नेकपाको केन्द्रमा उत्पन्न विवादले टुङ्गो नपाउँदै स्थानीय तहसम्म पनि विवादका बाछिटा देखिन थालेका छन्। राप्ती नगरप्रमुख बरालका अनुसार गाउँमा आउने हरेक केन्द्र स्तरको नेताबाट पार्टी फुट्नबाट बचाउने र पाटीलाई एक ढिक्का बनाएर लैजाने कुराको अपेक्षा जनताले गरेका छन्। त्यो पूर्ण नहुँदा आक्रोशित हुनु स्वभाविक भएको उनले बताइन्।

‘म केही सञ्चार माध्यामलले लेखे भन्दैमा खण्डन गर्न चाहन्न। म प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारकी भाइ बुहारी नै हुँ। उहाँकी भाइबुहारी हुँ भन्दा पनि म पार्टीको मान्छे हुँ र राप्ती नगरपालिका प्रमुख हुँ,’ बरालले भनिन्, ‘जनता अहिले पार्टीभित्र भइरहेको खिचातानीले परिसान भएका छन्। उनीहरु पार्टी फुट्ने वा गुटगत कुराभन्दा माथि उठिसकेका छन्। जसले गुटगत कुरा गर्छ, जसले पार्टीको एकता भाँड्ने तरिकाको कुरा गर्छ। त्यसको विरोध हुन्, पार्टीको प्रतिरक्षाका लागि नाराजुलुस हुनु कुनै नयाँ कुरा हैन। अच्चमको कुरा पनि हैन र यस्ता कुरालाई सुनियोजित गर्न पनि पर्दैन सबैले बुझ्न जरुरी छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *