ट्रकको ठक्करबाट क्यानाडामा नेपाली युवाको मृत्यु

डिसी नेपाल
८ मंसिर २०७७ १२:४७

काठमाडौं। सडक दुर्घटना परी क्यानाडाको हेमिल्टन शहरमा नेपाली युवाको ज्यान गएको छ । ट्रकको ठक्करबाट गैँडाकोट नवलपरासीका हरि अधिकारीको मृत्यु भएको एनआरएनए क्यानाडाले जनाएको छ ।

अधिकारीलाई १६ नोभेम्बरमा बिहान साढे ९ बजे बाटो काटने क्रममा ट्रकले ठक्कर दिएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । अधिकारीको स्थानीय अस्पतालमा उपचारकै क्रममा २२ नोभेम्बरमा मृत्यु भएको हो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *