बालकलाई अप्राकृतिक मैथुन गराउने फ्रेन्च नागरिक पक्राउ
सांकेतिक तस्वीर
कास्की । बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पोखराबाट फ्रेन्च नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ६ खहरे बस्ने राहदानी नम्बर १२ ए एक्स २६६६७९ भएका ६० वर्षीय क्रिश्चियन, सर्ज, हेनरी नौगरेटलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका १७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौनशोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पक्राउ गरेको हो ।
बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौनशोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको हो । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ ।
उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको तथा पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment