दुर्घटना कम गर्न ट्राफिक प्रहरीको नयाँ अभियान :डमीले गाउँछन् ट्राफिक सचेतनासम्बन्धी गीत

तर्कबहादुर थापा
१७ मंसिर २०७७ ७:५६

काठमाडौं। राजधानी उपत्यकासहित मुलुकभर सवारी दुर्घटना बढिरहेको प्रहरी तथ्यांकले देखाउँछ। ती मध्ये धेरै दुर्घटना चालक र पैदल यात्रुको लापरवाहीले हुने गरेको छ।

काठमाडौं उपत्यकामा पैदलयात्रीले जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेला बेलामा नौला नौला प्रयोग गर्ने गरेको छ। यसअघि जथाभावी बाटो काट्ने पैदल यात्रीलाई चकलेट दिएर सम्झाउने अभियान चलाएको ट्राफिक प्रहरीले अहिले नयाँ अभियानको सुरुवात गरेको छ।

उपत्यकाका विभिन्न चोकमा ट्राफिक डमीले गीत गाइरहेको सुनिन्छ। ‘ए साथी ए साथी, बाटो काट्ने कसरी, दायाँ तिर हेरेर, बायाँ तिर हेरेर…।’
स्कुले बाललालिकाले गाउने गीत जस्तो लाग्ने यो गीत ट्रफिक सम्बन्धि चेतना मुलक रहेको छ।

प्राय मन्टेश्वरीका विद्यार्थीहरुलाई यो गीतबाट सडक सम्बन्धि चेतना दिने गरिन्छ। यो गीतका माध्यामबाट मन्टेश्वरीमा अध्ययन गर्ने स–साना बालबालिकालाई कसरी बाटो काट्ने, रातो बत्ति बल्दा के हुन्छ? हरियो बत्तिको अर्थ के हो भन्ने जस्ता सूचन मुलक कुराहरु सिकाइने गरेको पाइन्छ।

मन्टेश्वरीमा बालबच्चालाई सिकाइने उक्त गीत काठमाडौंका चोकचोकमा ट्राफिक डमीहरुले सुनाइ रहेको देखिन्छ। ‘हरेक पैदल यात्रुलाई पनि बाटो काट्ने र सडक नियमका बारेमा जानकारी होस भनेर महत्वपूर्ण चोकहरुमा म्युजिकसहितको डमी राखेका हौं,’ ट्राफिक प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) जनक भट्टराईले भने।

सर्लक्क ट्राफिक प्रहरीको झै जिउडाल, ट्राफिक कै ड्रेसअप, मुखमा मास्क, आखाँमा कालो चस्मा अनि हातमा माइक्रोफोन। कोटेश्वर चोकमा गीत गुन्जिरहेको सुन्थ्यिो। पहिलो पटक त्यहाँ पुग्नेले ट्राफिकले नै गीत गाएको भन्ने सोच्छन्। एक पटक टक्क उभिन्छन् र हेर्छन। विस्तारै उनीहरुलाई डमी हो भन्ने थाहा हुन्छ। अनि आफ्नो गन्तव्यतर्फ लाग्न थाल्छन्।

कोटेश्वरमा मात्र हैन म्युजिकवाला डमी रत्नपार्क, कलंकी चोक, नयाँ वसपार्क गेट र नयाँ बानेश्वमा समेत राखिएको छ। यी डमीहरुले ट्राफिक सचेतना सम्बन्धमा गितहरु सुनाइरहेका पाइन्छन्।

उपत्यकाको ट्राफिक चुस्त दुरुस्त बनाउनका लागि हातमा प्लेकार्ड थमाइएका डमीहरु पनि प्रयोग गरेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। उनका अनुसार म्युजिकवाला डमीहरु पनि स्थान परिवर्तन हुने गरी गौशाला, काठमाडौंमल, कालीमाटी, लगनखेल र नारायण गोपाल चोकमा समेत राखिएको छ।

‘केही स्थानमा राखिएका म्युजिकवाला डमीको स्थान परिवर्तन हुँदैन तर केही ठाउँमा राखिएकाहरुको भने आवश्यक्ता अनुसार स्थान परिवर्तन गरिन्छ,’ एसएसपी भट्टराईले भने।

हातमा ट्राफिक चेतना सम्बन्धका प्लेकार्ड बोकेका डमीहरु पनि उपत्यकाका ४१ ठाउँमा राखिएको छ। एसएसपी भट्टराईले दिएको जानकारी अनुसार जनसेवा अन्तर्गत जुद्धशालिकमा महिला डमी राखिएको छ। दरवारमार्ग अन्तर्गत संग्रालयको दक्षिण गेट, भोटाहिटी, रणेद्विप र भद्रकालीमा पुरुष डमी राखिएको छ भने लैनचौरमा महिला डमी राखिएको छ।

यसैगरी, सोह्रखुट्टे अन्तर्गत सोह्रखुट्टेचोकमा महिला डमी, कमल पोखरीको मातहतमा हिंह दोबाटो, ल्होत्सेचोक र कृष्ण पाउरोटीमा पुरुष डमी राखिएको छ। यस्तै, सिंहदरवार अन्तर्गत दक्षिण गेट र माइतिघरमा पुरुष तथा सिंहदरवार चोकमा महिला डमी राखिएको एसएसपी भट्टराईले जानकारी दिए।

थापाथली, त्रिपुरेश्वर, कालीमाटी चोक, टेकु चोक, बल्खु चोक, फर्पिङ चोक, कलंकी चोक, नागढुङ्गा चोक, माछा पोखरी, बालुवाटार, एकेडेमी मोड, नारायण गोपाल चोक, बुढानिलकण्ठ, जोरपाटी चोक, गौशाला, गोल्डेन गेट, नयाँवानेश्वर चोक, जडिबुटी, कोटेश्वर, तल्लो तिनकुने, पेप्सीकोला, सल्लाघारी तिनकुने, सूर्यविनायक, सातदोबाटो, हरिहर भवन, जावलाखेल, एकान्तकुना, भैसेपाटी र महाशाखा गेट गरी ४१ स्थानमा पुरुषर महिला डमी राखिएको भट्टराईले जानकारी दिए। जसमध्ये १८ स्थानमा महिला र १९ स्थानमा पुरुष डमिहरु राखिएका छन्।

ती डमीहरुले आफ्नो समय अनुसार ड्यूटी पनि गर्छ। जसअनुसार २४ घण्टा ड्यूटी गर्ने डमीहरु १८ स्थानमा छन्। १८ घण्टा ड्यूटी गर्ने डमीहरु ३ स्थानमा छन्। १७ घण्टा ड्यूटी गर्ने डमस्हरु ६ स्थानमा छन्। यस्तै १६ घण्टे ९ स्थानमा, १५ घण्टे ३ स्थानमा र १२ घण्टा, ६ घण्टा र पिक आवरका लागि १÷१ स्थानमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *