गण्डकीमा थप तीन सङ्क्रमितको मृत्यु

डिसी नेपाल
२० मंसिर २०७७ २१:२२

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ भने ११९ जना सङ्क्रमित थपिएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१७ का ५७ वर्षीय पुरुष, पोखरा–११ का ७२ वर्षीया महिला र पोखरा–१२ का ८० वर्षीय पुरुष छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६६ पुगेको छ ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४० छ भने सात हजार २९२ निको भएका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *