सरकारले उद्योगलाई व्यवस्थित गर्ने छ : मन्त्री लम्साल

डिसी नेपाल
२० मंसिर २०७७ २२:४४
52
Shares

गण्डकी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्योगलाई व्यवस्थित तवरले सञ्चालन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।

फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीको १७औँ साधारणसभा तथा १०औँ अधिवेशनको उद्घाटन गर्दै उनले व्यवस्थित ढङ्गबाट उद्योग सञ्चालन गर्ने वातावरण सरकारले तयार पार्ने भएकाले निर्धक्क भएर लगानी गर्न उद्योगीव्यवसायीलाई आग्रह गरे ।

मन्त्री लम्सालले उद्योगी व्यवसायीको हकहित संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै एक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापनाको योजना सरकारले अगाडि बढाएको जानकारी दिए । “सरकारले जथाभावीरूपमा उद्योग सञ्चालन गर्न दिँदैन, कानूनको दायराभित्र ल्याएर सहज व्यवसाय गर्ने वातावरण मिलाउँछौँ”, उनले भने, “तपाईँ निर्धक्कका साथ उद्योगमा लगानी बढाउनुहोस्, सरकार सधैँ तपाईँको साथमा छ ।”

मन्त्री लम्सालले मुलुकलाई समृद्ध बनाउने र रोजगारी सिर्जना गर्ने अभियानमा उच्च मनोबलका साथ लाग्न उद्योगी व्यवसायीलाई अनुरोध गरे ।

फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीका अध्यक्ष प्रेमराज बसौलाले फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिन नसकेको बताउँदै सरकारले व्यवसायमैत्री वातावरण बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *