श्रीमतीसँग झगडा भएपछि श्रीमान ४ सय ५० किलोमिटर टाढा पैदल हिँड्दै पुगे

डिसी नेपाल
२३ मंसिर २०७७ १५:५९

काठमाडौं। श्रीमान श्रीमतीमा झगडा हुनु आम कुरा हो । तर, एक दम्पतीको बीचमा यस्तो झगडा भयो कि श्रीमानले आफूलाई शान्त बनाउनको लागि ४५० किलोमिटरको बाटो पैदल नै पूरा गरे । यस क्रममा उनी हप्तौंसम्म पैदल हिँडे । घटना इटलीको हो ।

इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यी व्यक्ति इटलीको कोमा शहरका हुन् । यो शहर स्विट्जरल्याण्डको सीमा नजिकै छ । ४८ वर्षका यी व्यक्ति श्रीमतीसँग झगडा भएपछि कोमा शहरबाट हिँड्दै हिँड्दै फोनो शहर पुगे । यी दुई शहरबीच ४२६ किलोमिटरको दूरी छ । उनी फोनो शहरबाट पनि हिँड्दै करिब ३० किलोमिटर अगाडि एड्रिएटिक कोस्ट पुगेपछि त्यहाँ पुलिसले उनलाई हिरासतमा लियो ।

पुलिसलाई सोधपुछको क्रममा उनले यति लामो दूरी पैदल हिँड्नुको कारण बताउँदा कसैले विश्वास नै गर्न सकेनन् । ती व्यक्तिका अनुसार झगडापछि उनलाई यति धेरै रिस उठेको थियो कि उनलाई यति टाढा पुगेको पत्तै भएन । उनले आफूलाई शान्त बनाउनको लागि घरबाट पैदल हिँडेको बताए । ती व्यक्तिका अनुसार यो यात्राको क्रममा उनलाई अञ्जान व्यक्तिहरुले खाना खुवाए । यी व्यक्ति १ दिनमा करिब ६४ किलोमिटर पैदल हिँडेका थिए ।

पुलिसले यी व्यक्तिको बारेमा थप अनुसन्धान गर्दै जाँदा उनकी पत्नीले एक हप्ताअघि उनी हराएको पुलिसमा रिपोर्ट गरेको खुलासा भयो । रिपोर्टका अनुसार ती व्यक्ति हिँडेर निकै थाकिसकेका थिए र उनको शरीर चिसो भइसकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *