८ महिनापछि चिडियाखाना प्रवेश गर्न पाउँदा…[फोटो फिचर]

कमल साउद
२५ मंसिर २०७७ १७:३१

काठमाडौं। स्वास्थ्यका मापदण्ड अपनाएर झण्डै ८ महिना पश्चात चिडियाखाना सर्वसाधारको लागि खुल्ला भएको छ। कोभिड १९ संकट व्यवसथापन केन्द्र (सीसीएमसी)को निर्णयपछि स्वास्थ्य मापदण्ड अपनाएर खोल्न लागेको चिडियाखाना प्रशासनले जनाएको छ।

ललितपुरको जाउलाखेल स्थिति सदर चिडियाखाना गत चैत्र ७ गतेदेखि बन्द रहेको थियो। चिडियाखाना प्रशासनका अनुसार धेरै भिडभाड नहुने गरी एकपटकमा ७ सयदेखि ८ सय व्यक्तिलाई प्रवेशको अनुमति दिइने छ। भित्र गएको बढीमा डेढ घण्टामा व्यक्ति बाहिर आउनु पर्ने छ।

पहिलाजस्तो भित्र गएपछि केटाकेटीलाई खेलाउने, जनावरलाई खाना खुवाउने वा आफूहरुले पनि खानेकाम अहिले गर्न पाइने छैन। चिडियाखानाले टिकट काट्न भिड हुने भएको भन्दै अनलाईनबाट टिकट उपलब्ध गराउने व्यवस्था समेत गरेको छ।

यसपटकको टिकटदर विदेशी नागरिकलाई ७५०, सार्कराष्ट्र भित्रका पर्यटकहरुका लागि ५००, आन्तरिक पर्यटकका लागि १५० र जेष्ठ नागरिक र विद्यार्थीका लागि ९० रुपैयाँ तय गरिएको चिडियाखाना प्रशासनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *