गौतमबुद्ध कपको उपाधि राप्तीलाई (फोटोफिचर)

डिसी नेपाल
३० मंसिर २०७७ १६:५३

काठमाडौं । गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्ती टिमले जितेको छ । फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो ।

नारायणीका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए । उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, रित गौतम र इशान पाण्डेले समान २७÷२७ रनको योगदान गरे । राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो । राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए । यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए । नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *