पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साह चढेकाे गाडी

डिसी नेपाल
१८ पुष २०७७ १५:१३

सर्लाही । सहरी विकास मन्त्री प्रभु साह चढेको गाडीले सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ ।

पूर्वपश्चिम राजमार्गको हरिवनमा मन्त्री साह चढेको ना १ झ ३८४२ नं. को गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुरका अन्दाजी ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

गाडीको ठक्करबाट घाइते भएका तामाङको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले डिसी नेपाललाई बताए। घाइते तामाङको कम्मर र खुट्टामा सामान्य चोट लागेको छ ।

मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरको कार्यक्रममा जाँदै गर्दा दुर्घटना भएको थियो । ‘मन्त्री ज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यसबारेमामाथि जाहेर गरिसकेका छौं,’ सर्लाहीका प्रहरी प्रमुख राठौरल भने, ‘घाइतेको उपचार भइरहेको छ, उनको अवस्था सामान्य छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *