‘पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने माग राप्रपाको मात्र होइन, नागरिक आवाज पनि हो’

धनकुमार कार्की
२७ पुष २०७७ १०:२७

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म दिन तथा राष्ट्रिय एकता दिवस सोमबार देशभर उनकोे योगदानको सम्झना गरी मनाइँदैछ। संसद् विघटनपछि तरल बनेको नेपाली राजनीतिमा पृथ्वी जयन्तीलाई लिएर सुरक्षा अंगका पूर्वप्रमुखदेखि बलिउड अभिनेत्रीसमेत गत मंगलबार एउटै मञ्चमा देखिएका थिए।

वर्तमान समयमा यसलाई चासोका साथ हेरिएको छ। विभिन्न समयमा अहिलेका शासकले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सिएर इतिहासलाई अपमान गरेको आरोप पनि लाग्दै आएको छ।

यतिबेला राजतन्त्र पुनः स्थापनाको माग गर्दै मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। हातमा राष्ट्रिय झण्डा बोकेर युवाहरु राजतन्त्रको पक्षमा नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका छन्। मुलुकमा गणतन्त्र स्थापना भएको १४ वर्ष मात्र भएको छ।

तर मुलुकमा राजतन्त्रको पक्षमा नारा लाग्नु सरकार प्रतिको असन्तुष्टि हो कि व्यावस्थाप्रतिको असन्तुष्टि? पृथ्वी जयन्तीमा नागरिक समूहहरुको अग्रसरताले कस्तो प्रभाव पर्छ? यिनै विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा राप्रपाका एकमात्र निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनसँग डिसी नेपालका लागि धनकुमार कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

भर्खरै संसद् विघटन भएको छ, यसप्रति राप्रपाको धारण के हो?

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भिक रुपमै आफ्नो दृष्टिकोण प्रस्तुत गरिसकेको छ। संवैधानि दृष्टीकोणले प्रधानमन्त्रीको यस कदमलाई अनुचित भनेको छ। तर अब यो बिषय अदालतमा विचाराधीन रहेको हुनाले यसलाई हामीले धेरै छलफल बहस चलाउनुभन्दा अदालतले जे निर्णय गर्छ त्यसलाई स्वीकार गरेर जाने भन्ने राप्रपाको दृष्टिकोण छ।

अदालतमा विचाराधीन मुद्दामाथि चारजना पूर्वप्रधानन्यायधीशहरुले सार्वजनिक गरेको धारणा उचित कि अनुचित?

अहिले प्रधानमन्त्रीले विभिन्न सभाहरुमा भनिराख्नुभएको जस्तै संसद पुनःस्थापना हुँदैन, अदालतले संसद विघटनको पक्षमा निर्णय गर्छ। बोलिराख्नु भएको छ। अथवा अन्य राजनीतिक पार्टीहरु र अहिलेको समयमा आएर पूर्वप्रधानन्यायधीशहरुले वक्तव्य निकालेर संविधानमा नभएको व्यवस्था हो भनेर जुन अदालतलाई प्रभाव पार्ने, अदालतलाई यसरी निर्णय गर्नुपर्छ भनेर कुनैपनि प्रकारले दवाव दिने वक्तव्यहरु आएका छन्, ती सबै अनुचित हुन्।

संसद विघटनको पक्षमा निर्णय ग-याे भने हामीले चुनावी तयारी गरेर आफूलाई आगामी दिनमा एउटा बलियो शक्तिका रुपमा स्थापित गर्ने पक्षमा छौँ। सँगसँगै हामीले राजनीतिक दलहरुलाई के पनि अपिल गरिराखेका छौं भने अहिलेको घट्नाक्रमले के प्रमाणित गर्यो भने केवल एउटा संविधानको धाराको कुरा मात्र होइन, पूर्ण रुपमा यो संविधान असफल भयो।

यसले अहिलेको संविधानलाई अहिलेको न्याय व्यवस्थालाई ध्वस्त पार्ने कामहरु भैराखेको छ। समग्रमा के देखिन्छ भने अहिले भइराखेका क्रियाकलापले यो संविधान र प्रणली नै गलत छ, संविधान निर्माण प्रकृया मै अपूर्ण थियो कमिकमजोरीहरु थिए, केवल अहिलेको संसद विघटन उचित थियो कि अनुचित थियो भन्नेमा छलफल गर्नुभन्दा पनि हामा्रो संविधान अपूर्ण रहेछ, अब यसलाई फेरि पनि चैँ संसोधन गरेर सबै अटाउने, नेपालको मौलिक संकृतिको प्रणालीको निर्माण गर्न जरुरी छ भन्ने मेरो भनाइ हो।

संसद् विघटनपछि नेपाली राजनीति तरल बनेको अवस्था छ, पृथ्वीजयन्तीको निकै चर्चा चलिरहेको छ, तपाईहरु कसरी मनाउँदै हुनुहुन्छ?

राप्रपाले जुनबेला सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा नमनाउने र औपचारिक रुपमा पृथ्वीजयन्तीमा दिइराखेको सार्वजनिक बिदालाई कटौती गर्ने काम गर्यो त्यसबेलादेखि नै गलत भयो अनुचित भयो। पृथ्वी नारायण शाह थिए र नै नेपाल छ। हामी नेपाली भएर गौरवका साथ बाँच्न पाएका छौँ।

नाम र पहिचान पाएका छौँ। त्यसकारण पृथ्वी जयन्ती अर्थात पैष २७ लाई राष्ट्रिय एकता दिवसका अवसरमा मनाउनुपर्छ भनेर निरन्तर रुपमा माग गर्दै आफूले पार्टीगत रुपमा यसलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आइरहेका छौँ।

त्यसैले यो चोटी पनि हामीले ७७ वटै जिल्लाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदैछौँ। त्यसक्रममा हाम्रा अध्यक्षत्रयमध्ये कमल थापा गोरखाको कार्यक्रममा पशुपति शमसेर राणा काठमाडौं र डा. प्रकाशचन्द्र लोहनी नुवाकोटमा प्रमुख अतिथिका रुपमा सहभागी हुँदैहुनुहुन्छ। त्यसैगरी अन्य जिल्लाहरुमा पवनि विभिन्न तहका नेता कार्यकर्ता साथीहरु सहभागी भएर यो कार्यक्रमलाई भव्यताका साथ मनाउँदै छौँ।

संविधानमाथि नै खोट लगाउनुभयो, केही समयअघि विभिन्न सहरहरुमा राजावादी आन्दोलन भए, पूर्वराजा ज्ञानेन्द्र स्वयम यतिबेला झापामा हुनुहुन्छ। नागरिक समूहहरुले पनि कुरा उठाइरहँदा यसलाई कसरी हेर्नुभएको छ?

अहिले हिजोभन्दा आज राजसंस्थको पक्षमा जनताको समर्थन बढेको देखिनु जनता चाहिँ राजा आउ देश बचाउ भनेर सडकमा आउनु, पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको अवसरमा मनाउनुपर्छ भनेर केवल राप्रपाले मात्र होइन नागरिक समूहहरुले पनि आवज उठाउनु र अग्रसर हुनु यी सबैको कारण के हो भन्दाखेरी २०६२–६३ को आन्दोलनले ल्याएको परिवर्तनको पा्ररम्भको दिनमा धेरै मानिसहरुलाई के विश्वास थियो भने गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले केही खुसीहरु ल्याउला परिवर्तन ल्याउला जनतामा सुखी समृद्धि आउला भन्ने कुरा थियो।

तर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता का यतिका वर्षहरु यो अभ्यासहरु हेरिसकेपछि जनतालाई के थाहा भयो भने ओहो अहिलेको यो बाटो गलत रहेछ। खासगरी दिल्लीमा भएको १२ बुँदे सहमति यो सहमतिले तयार गरेको मार्गचित्र र त्यो मार्गचित्रको भरियाको रुपमा कांगे्रस कम्युनिष्टलगायतका नेपालका ठूला हुँ भन्ने राजनीतिक दलहरुले जुन मार्गचित्रबाट आफूलाई हिँडाएर नेपाली जनता र नेपाललाई हिँडाउन कोसिस गरे त्यो मार्गचित्र नै गलत थियो। तत्काल जनतालाई बुझाउन सकिएको थिएन अहिले जनताले बुझे।

जनतालाई थाहा भयो कि, यो मार्गचित्र नै गलत छ। देशलाई कालान्तरमा दुर्घटनामा लैजान्छ भनर थाहा भइसकेपछि अहिले राजसंस्थाको पक्षमा जनलहर बनेको छ। पृथ्वीजयन्ती एवं राष्ट्रिय एकताका लागि कति महत्वपूर्ण छ भन्ने कुरा पनि जनतालाई महशुस भैसकेको छ।

त्यसकारणले सडकमा राजा आउ देश बचाउ भन्ने देखि लिएर पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवशका रुपमा मनाउनका लागि उठेका कुराहरु वातावरण बनेको छ। यो कसैको प्रयासले भन्दा पनि यो समयान्तरमा भएको गणतन्त्र धर्मनिरपेक्षताको अभ्यासले जनतालाई सचेत बनाएको छ र यो अवस्थामा ल्याएको छ।

चुनाव भयो भने आसन्न चुनावलाई राप्रपाले कसरी सदुपयोग गर्छ?

होइन, हामी त सहज रुपले खासगरी गएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आफनै प्राविधिक कमजोरीका कारणले त्यसबेला पार्टी पनि विभाजित हुने र अन्य पार्टीहरुसँगको गठबन्धनको नाममा उमेरद्वार पनि अत्यन्तै कम संख्यामा उठाउने जस्ता त्रुटीपूर्ण हाम्रो चुनावी रणनीतिका कारणले अहिलेको संसदमा हाम्रो अत्यन्तै कमजोर उपस्थिति रहेको छ।

त्यसकारणले बदलिएको परिस्थितिमा ताजा जनादेशको पक्षमै छौँ। ताजा जनादेश आयो भने राप्रपाले आफनो मान्यताका पक्षमा जनमत निर्माण गर्ने अवसर प्राप्त गर्दछ। तर यो सबै बिषय अदालतमा विचाराधीन अवस्थामा छ। अदालतले जे निर्णय गर्छ त्यसको पर्खाईमा हामी छौँ । संसद पुर्नस्थापनाको पक्षमा निर्णय गर्यो भने संसदभित्र र बाहिर हामीले त्यहीअनुसारको तयारी गर्छौंं।

संसद विघटनको पक्षमा निर्णय ग-याे भने हामीले चुनावी तयारी गरेर आफूलाई आगामी दिनमा एउटा बलियो शक्तिका रुपमा स्थापित गर्ने पक्षमा छौँ। सँगसँगै हामीले राजनीतिक दलहरुलाई के पनि अपिल गरिराखेका छौं भने अहिलेको घट्नाक्रमले के प्रमाणित गर्यो भने केवल एउटा संविधानको धाराको कुरा मात्र होइन, पूर्ण रुपमा यो संविधान असफल भयो।

अहिलेको असफलता केवल कम्युनिष्ट पार्टीको मात्र असफलता मात्र होइन, केपी ओलीको असफलता मात्र होइन, यो प्रणालीकै असफलता हो। त्यसकारणले अब देशलाई एउटा निकास दिने हो भने नयाँ सम्झौता गर्नुपर्यो। नयाँ सम्झौताबाट देशलाई अगाडि लानुपर्छ। केवल चुनाव गर्ने कि नगर्ने भन्ने कुरामा मात्रै भन्ने हुँदैन।

चुनाव हुने र नहुने भन्ने कुराले अहिलेको समस्याको समाधान दिन सक्दैन। त्यसकारण नयाँ सम्झौता आउनुपर्दछ भन्नेतर्फ पनि हामीले आफ्नो कुराहरु राखिराखेका छौँ। जनतालाई पनि यस पक्षमा जनमत निर्माण गर्न आग्रह गरिराखेका छौँ। नियमित रुपमा संसदको चुनाव भयो भने त्यसलाई पनि हामीले उपयोग गरेर जान्छौँ।

राष्ट्रवादी शक्ति एकठाउँमा हुन सम्भव हुन्छ?

संभव छ किनभने समान विचारधारा भएका राजनीतिक पार्टीहरुसँग कुराहरु पनि भैरहेको छ। तर, यसलाई खाजगरी राप्रपाले नेतृव गर्नुपर्ने हो। राप्रपा पार्टी एकीकरणको प्रक्रियालाई पूरा गर्ने चरणमा अहिले छ। महाधिवेशनका लागि तयारी पनि गरिराखेको छ।

एकीकरणको चरण पूरा गरीसकेपछि हामीले यो वृहत एकता, एकता हुन नसके मोर्चा निर्माण गरेर भएपनि सँगै जाने सहकार्य गर्ने रणनीति बनाइ राखेका छौँ। निकट भविष्यमै आन्दोलन गर्नुपर्यो अथवा चुनावमा जानुपर्यो भने हामी सबै एक ठाउँ हुन्छौँ।

राप्रपाका लागि यो त अवसर हो नि!

यो अवसर भन्ने भन्दा पनि देशको आवश्यकता र यथार्थजस्तो भयो। संघीयता, गणतन्त्र ,धर्मनिरपेक्षताल जुन ढङगले, जादुमय ढङगले हाम्रा समस्याहरु एकाएक समाधान गर्छ र सबै समस्याहरुको यसले उपचार गर्छ भनेर विश्वास बाँडिएको थियो त्यो कुरा होइन रहेछ। र, हाम्रो जस्तो देशको लागि उपयुक्त प्रणाली होइन रहेछ भनेर यसका संवाहकहरु कांग्रेस कम्युनिष्टलाई समेत अनुभुत भैसकेको अवस्था छ।

अहिलेको असफलता केवल कम्युनिष्ट पार्टीको मात्र असफलता मात्र होइन, केपी ओलीको असफलता मात्र होइन, यो प्रणालीकै असफलता हो। त्यसकारणले अब देशलाई एउटा निकास दिने हो भने नयाँ सम्झौता गर्नुपर्यो। नयाँ सम्झौताबाट देशलाई अगाडि लानुपर्छ। केवल चुनाव गर्ने कि नगर्ने भन्ने कुरामा मात्रै भन्ने हुँदैन।

त्यसकारण यो गलत बाटोलाई सच्याउन कुनै रक्तपात विद्रोह आउनुभन्दा अगाडि सहमतिबाटै सच्याउनु उपयुक्त हुन्छ। त्यसका लागि हामीले सम्पूर्ण राजनीतिक पार्टीहरुलाई पनि आग्रह गरेका छौँ। र अहिले देशमा जुन राजनीतिक तरलता आएको छ त्यो गलत बाटो सच्याउने उपयुक्त अवसर हो।

केवल राप्रपाका लागि मात्र होइन कांग्रेस कम्युनिष्टहरुका लागि पनि हो। यो गलत बाटो भएछ भनेर सच्याउने समय आएको छ, त्यसलाई अवसरका रुपमा उपयोग गरेर राजादेखि विप्लव माओवादीसमेतलाई समेटेर नयाँ  नेपाली परिवेशको प्रणाली निर्माण गर्नुपर्छ कसैको फोटोकपी गरेर नेपालमा लाद्नु उपयुक्त हुँदैन।

तपाईँहरुमा विरोधाभास देखिएको छ, राजतन्त्र कि गणतन्त्र ?

अहिलेको संविधानमा जसरी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरिएका छ। संविधानमा सरल संशोधनको व्यवस्था पनि छ नेपाली जनताले चाहे राप्रपालाई बहुमत दिए, अथवा संविधान संशोधन गर्न सक्नेगरी मत दिएभने गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संशोधन गर्न सकिन्छ। हामीले देख्दा यो गणतन्त्रिक संविधानभित्र काम गरिराखेको यही संविधानभित्रै बसेर गर्न पाउने हुनाले हामीले यो संविधानसँग सहकार्य गरेका छौँ।

त्यसले गर्दा कतिपय ठाउँमा हाम्रा दिदी बहिनी दाजुभाइहरुलाई के भ्रम पर्छ भने गणतन्त्र नमान्ने मान्छेले यो गणतन्त्र अन्तर्गतको चुनाव किन लडेको होला? किन संसदमा गएको होला? किन मन्त्रीमा गएको होला? भन्नेजस्तो लाग्छ तर यो संविधानभित्रै बसेर गणतन्त्रको विरोध गर्न पाइने, संघीयताको विरोध गर्न पाइने र धर्मनिरपेक्षतको विरोध गर्न पाउने सुविधा भएको हुनाले हामीले यो संविधानभित्र चुनाव लडेर आफ्ना मान्यताहरु राखिराखेका छौँ।

जनताबाट निश्चित अवधिका लागि चुनिएर जाने प्रतिनिधिको अगुवाईमा देशमा विकास नभएको भन्नु हुन्छ, के जन्मसिद्ध शासक बन्ने, जवाफदेही नहुनेले शासन गर्दा देशको विकास हुन्छ त?

के भ्रम छ भने हामीले जुन राजसंस्थाको कुरा गरिराखेका छौँ। राप्रपाले जुन राजसंस्थाको परिकल्पना र वकालत गरिराखेको छ। सक्रिय राजसंस्थाको कुरा होइन प्रत्यक्ष शासन गर्न राजाको कुरा होइन। राष्ट्रप्रमुखको रुपमा राजसंस्था रहने राजा रहने। भनेको अहिलेको राष्ट्रपतिको ठाउँमा राजा रहने दैनिक शासनप्रशासन जनताले चुनेर पठाएका जनप्रतिनिहिरुबाटै चलाउने र संविधानको परिधिभित्र रहेर संसदको अधिनमा रहने संस्थाको परिकल्पना गरेका हौँ।

अब आउने राजाले दैनिक शासन प्रशासन चलाउने होइन राष्ट्रप्रमुखको रुपमा सबै नेपालीको एकताको प्रतीकको रुपमा रहने र देशलाई कुनै संकट पर्दाखेरी संरक्षक र अभिभावकका रुपमा राजसंस्थाको परिकल्पना गरेको हुनाले राजाले शासन प्रशासन चलाउने भन्ने कुरा हाम्रो कल्पनामा छैन। त्यसकारण स्वाभाविक रुपमा राजसंस्था आयो भने राजाले के गर्छन्? भन्ने होइन राजा देशका अभिभावक मात्र हुन्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *