पूर्व राजा ज्ञानेन्द्रको आक्रोश : ‘शक्ति प्रदर्शन’ भ्रम हो
पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल फाेटाे।
काठमाडौं। बारम्बारको प्रदर्शनले जनताले सास्ती पाएको भन्दै पूर्व राजा ज्ञानेन्द्र आक्रोशित भएका छन्। पूर्व राजा ज्ञानेन्द्रले मंगलबार सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै आम नागरिकलाई बलीको बोका बनाइ गरिएका कुण्ठित शक्ति प्रदर्शनलाई भ्रमको संज्ञा दिएका छन्।
‘अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन,’ पूर्व राजाले ट्विट गर्दै भनेका छन्।
अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 9, 2021
सामान्य अवस्थामा मौन बस्ने पूर्व राजा ज्ञानेन्द्र पछिल्लो समय नेकपा विभाजनपछि भइरहेका बन्द, हड्ताल र प्रदर्शनप्रति आक्रोशित बन्न थालेका छन्।
बुधबार नेकपा (प्रचण्ड-माधव नेपाल) समूहले राजधानीमा शक्ति प्रदर्शन गर्दैछ। त्यसकाे पूर्व संध्यामा पूर्वराजाकाे याे अभिव्यक्ति आएको हो।
याे पनि पढ्नुस्
No ads found for this position

डिसी नेपाल
Facebook Comment