वाग्मती प्रदेशसभाको बैठक पुनः स्थगित
वाग्मती । वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकाेमा विशेष कारण देखाउँदै स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज बस्ने भनिएकाे बैठक स्थगन भएकाे जानकारी दिएकाे छ।
सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछिनेकपा दुई समूहमा विभाजन भएको छ। नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता गराएपछि वाग्मती प्रदेशमा अहिलेसम्म प्रदेशसभा बैठक बस्न सकेकाे छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment