रवि लामिछानेले खाेले टेलिभिजन ग्यालेक्सी फाेरके

डिसी नेपाल
११ फागुन २०७७ १३:५३
1.2k
Shares

काठमाडाैं । रञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन्। लामिछाने सहितकाे टीमले आज काठमाडाैंमा पत्रकार सम्मेलन गरी ‘ग्यालेक्सी फाेर के’ नामक टेलिभिजन च्यानल सञ्चालनमा ल्याएकाे घाेषणा गरेका छन्।

लामिछानेले नेपालमै पहिलाे पटक फाेरके प्रविधिबाट टेलिभिजन सञ्चालन गर्न लागेकाे जानकारी गराए। पत्रकारसम्मेलनमा जानकारी गराए अनुसार नेपालीमा रामायण, काे बन्छ कराेडपति, क्राइम पेट्राेल नेपाल, लाल माेहाेर, सारेगम लगायतका कार्यक्रमहरू सञ्चालन गरिने छ।

न्यूज २४मा कार्यक्रम सिधाकुराबाट निक्कै चर्चित भएका लामिछानेले टिभि च्यानल खाेल्नकै लागि उक्त संस्थाबाट बाहिरिएका थिए। सिधाकुरा जनतासँग नामक कार्यक्रममा न्यूज २४ ले दाबी गरेपछि ग्यालेक्सिबाट ‘सिधाकुरा…’ गरिएकाे छ।

टेलिभिजनकाे प्रवन्ध निर्देशक समेत रहेका लामिछानेले ग्यालेक्सि टेलिभिजनले भरपुर मनाेरञ्जन दिने दाबी पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *