सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा

डिसी नेपाल
१२ फागुन २०७७ ७:४७

जाजरकाेट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ। सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि रु एक हजार ५००, तोरीको तेलका लागि रु ५०० र बच्चाको न्यानो कपडा किन्नका लागि रु ५०० गरी रु दुई हजार ५०० का दरले रकम वितरण गर्ने गरेको गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले जानकारी दिइन्।

सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा रु १४ लाख ६९ हजार विनियोजन गरेको गाउँपालिकाले ५८८ सुत्केरीलाई रकम वितरण गरेको आचार्यले जानकारी दिइन्। पोषणको मात्रा नपुग्दा आमा र शिशुको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ। थोरै भए पनि आमा र नवजात शिशुको पोषणमा सहयोग पुगोस् भनेर सुत्केरी महिलालाई सहयोग गर्ने गरिएको हो। यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको कावा अध्यक्ष आचार्यले जानकारी दिइन्।

उनले गाँउपालिका मातहतका स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखासँग समन्वय गरेर महिला तथा बालबालिकाको पोषण सुधार, स्वास्थ्य सेवा सुविधामा पहुँच वृद्धि तथा विस्तार, सरसफाइ र चेतनाको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *