ताप्लेजुङका आगलागी पीडितलाई सरकारले राहत दिन्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
१८ फागुन २०७७ १५:१३
108
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको आगलागीबाट भएको क्षतिप्रति दुःखव्यक्त गरेका छन्। मंगलबार मोरङमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पीडितलाई राहत उपलब्ध गराउने पनि बताएका थिए।

‘सरकारले तत्काल दोभान बजारको पुनःनिर्माण गर्ने र पीडितलाई राहत दिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई अत्यत्नै दुःख लागेको छ। हाम्रा वस्तीहरु जल्नु दुःखको कुरो हो।’

प्रदेश १ का मुख्यमन्त्रीले उचित समन्वय गर्ने पनि प्रधानमन्त्रीले बताएका छन्। मंगलबार विहान ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा अहिलेसम्म ४९ घर जलेर नष्ट भएको प्रहरीको भनाई छ।

विहान करिव ८ बजे बजारमा आगोलागी भएको थियो। सदुरमुकामबाट गएको दमकल र सुरक्षा निकायले आगो नियन्त्रण गरेका हुन्। प्रहरीका अनुसार अहिलसम्म क्षेतिको पूर्ण विवरण आएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *