नेपाल चेम्बरको ७०औँ वार्षिकोत्सवमा दौड

डिसी नेपाल
२२ फागुन २०७७ १५:१२

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ।

आज बिहान भएको दौड प्रतियोगिताका विजयीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन्। पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति थापालाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले नेपाली सेनाद्वारा निर्माणाधीन पूर्वाधार विकास तथा निर्माणका कामले पनि सेनासँग नेपालको निजी क्षेत्रको सामिप्यता बढाएको बताए। “सेना हाम्रो धरोहर हो । राष्ट्रिय विपत्का बेला सेनाको अनुपम योगदान रहेको कुरा कसैबाट छिपेको छैन”,सेनाको ख्याति मुलुकमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा समेत बलियो रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, “नेपाली सेनाले देखाएको अनुशासन हामी सबैले अनुशरण गर्नुपर्दछ।”

विसं २००७ मा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रमा व्यवसायी अग्रपङ्क्तिमा रहेको बताए।

स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ। नेपाल महिला चेम्बरले व्यापारिक प्रदर्शनी तथा मेला आयोजना गर्दै छ। चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *